"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

No data was found

Khabar Raftar

फागुन ०४ कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैयास्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली नामक हात्तीलाई तालिम दिने काम भइरहेको छ । नारायणीकलीले जन्माएकी शुक्लाकली पोथी हात्तीलाई मानिसले चलाउन सक्ने गरी तालिम दिने काम भइरहेको हो । अढाई वर्ष भन्दा बढी भएपछि अहिले उसलाई निकुञ्ज भित्रै गस्ती गर्न होस् वा वन्यजन्तुको उद्धार गर्न र पर्यटकलाई सफारी गर्नका लागि तालिम दिने काम भइरहेको हो ।

हात्तीसारका दरौगा आनन्द सुनाहाले शुक्लाकलीलाई माघ ११ गतेदेखि तालिम दिन सुरु गरिएको जानकारी गराएका हुन । सुरुको तीन दिन एउटा खम्बामा बाँधेर छेउमै आगो बालेर रात दिन भाषा र मानिसलाई बसाउन सिकाउने काम गरिएको उनले बताए । त्यतिबेला हात्तीलाई रात दिन बस्न र सुत्न समेत नदिने बताउदै उनले ‘बस्न र सुत्न दिए बिर्सिन सक्छ भनेर लगातार तालिम दिइने बताए । त्यतिबेला बोली, भाषादेखि मानिसको इसारामा चल्न सक्ने बनाइने बताउदै उनले तीन दिन जति रात दिन तालिम दिएपछि हिँड्न सिकाउने काम सुरु गरिएको बताए ।

सुरुमा निकुञ्जकै जंगलमा र त्यसपछि गाउँवस्ती हुँदै अहिले बजार क्षेत्रमा पनि हिँडडुल गर्न सिकाउने गरिएको उनले बताए । भिडभाडमा पनि सहजै हिँडडुल गर्न सक्ने र गाडीहरु देख्दा नि नडराउने गरी सिकाइने बताउदै सुनाहाले वन्यजन्तु वस्तीमा पसेका बेला भीडभाडमा उद्धार गर्नुपर्ने भएकाले अहिले देखि नै भिडमा लैजान थालेको बताए । शुक्लाकलीलाई निकुञ्जकै लवप्रसाद, श्रुतिकली र शेषचन्द्र गजराज नामका हात्तीहरुले गाइड गरिरहेको उनले बताए ।

श्रुतिकली र लवप्रसाद वयस्क हात्ती भएको जानकारी गराउदै उनले शेषचन्द्र गजराजलाई दुई वर्षअघि मात्रै तालिम दिइएको बताए । अघि पछि यिनै हात्तीहरु राखेर एउटा ठूलो हात्तीलाई डोरीले बाँधेर नियन्त्रण गरिने उनले बताए । त्यसैगरी शुक्लाकलीका माहुते तौला रानाले गाउँ बस्ती र बजारसँगै जंगलमा पनि हिँड्न सिकाइरहेको बताउदै अहिले धेरै सिकिसकेको बताए ।

विस्तारै सबै सजिलो हुँदै जाने बताउदै उनले अहिले शुक्लाकलीलाई महाकाली किनारको भाइरल रोड, दोधारा चाँदनी नगरपालिकाको विभिन्न क्षेत्र र भीमदत्त नगरपालिकाको गड्डाचौकी र महेन्द्रनगर सम्म हिँडडुल गराइएको बताए । गाउँ बस्तीमा हात्ती पुग्दा हेर्नका लागि स्थानीयको भीड लाग्ने गरेको बताउदै उनले अधिकांशले हात्तीलाई फलफूल र दक्षिणाका रुपमा रुपैयाँ समेत दिने गरेको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी भएपनि अहिले तालिम दिइरहेको सहित ४ वटा पोथी र ५ वटा भाले गरी ९ वटा हात्ती रहेको उनले जानकार्ी गराए । निकुञ्जमा गस्ती देखि जंगल सफारी गराउन र वन्यजन्तु वस्तीमा पसेमा उद्धार गर्नका लागि हात्ती आवश्यक पर्ने गरेको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण