"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको ग्रीन होम प्रा.लिको परिसरमामा शिशु स्याहार र प्राथमिक उपचार केन्द्र स्थापना

No data was found

Khabar Raftar

फागुन ०४ धनगढी । कैलालीमा शिशु स्याहार र प्राथमिक उपचार केन्द्र स्थापना ग रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईद्वारा सञ्चालित सशक्त महिला सम्वृद्ध नेपाल कार्यक्रमले गोदावरी नगरपालीका वडा नम्बर–६, कैलालीमा रहेको ग्रीन होम प्रा.लिको परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । करिब १० लाखको लगानीमा तयार गरिएको संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरूले आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने भएका छन् ।

“संरचनाभित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्री सहितको व्यवस्था गरिएको छ । कक्षमा उनीहरूको लागि उद्योगले सहजकर्ता समेत राख्ने महासंघले जारी गरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी गराए । लम्सालले उद्योगमा अहिले ९२ जना महिला र ३२ जना पुरुष कर्मचारी रहेको बताए ।

उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरू उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले बताए । शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।

स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताए ।

“केयर–अर्थतन्त्रको हिस्साका रूपमा निजी क्षेत्रको साझा प्रतिबद्धता अन्तर्गत, उद्योगका कर्मचारी, विशेषगरी महिलाहरूका लागि कार्यस्थलमै बाल हेरचाह केन्द्र स्थापना भएको बताउदै उनले यसले कामकाजी अभिभावकहरूलाई सहयोग गनुैका साथै लैंगिक समानता प्रवद्र्धन गर्ने बताए । यो अभ्यासलाई अन्य उद्योगहरूले पनि अनुशरण गर्नुपर्ने उनले बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन