फागुन ०४ बाजुरा । बाजुराको स्वामिकार्तिकखापर गाउँपालिकाका मतदाताले कर्णाली नदीमा पक्की पुलको माग गरेका छन । फागुन २१ गते हुने निर्बाचनमा मत माग्न आउने उम्मेदारहरुसंग बाजुराका मतदाताले कर्णाली नदीमा पक्की पुलको माग गरेका हुन । बाजुराको कर्णाली पारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका हुन ।
कर्णाली नदीपारी रहेको स्वामिकार्तिकखापर गाउँपालिकाका स्थानीयवासीले कणौली नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समयमा फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन मतदाताले उम्मेदवारलाई माग गरेका हुन् ।
स्वामीकार्तिका खापर गाउँपालिकाका स्थानीय वीरभान विकले कर्णाली नदीमा फेरी हालेको बताउदै त्यसले हिउँदमा गाडी वारपार गरेर यातायातको सुविधा दिनेगरेको भए पनि बर्खामा त्यो बन्द हुने गरेको बताए । फेरी बन्द गरेर हिउँद बर्खामा गाडी सञ्चालन हुने गरी फेरी हटाएर कर्णाली पक्की पुल निर्माणका लागि उम्मेदवारलाई माग राख्ने गरेको उनले बताए ।
कर्णालीमा चलाएको फेरीले हिउँदका केही महिना यातायातको सुविधा दिने गरेको भए पनि बर्खाको समय भने पानीको बहाव बढी हुने गरेकाले त्यसले काम नदिँने बताउदजै उनले त्यसपछि सबै यातायात ठप्प हुने बताए । समस्याको समाधान गरी दिन अहिले गाउँमा आउने गरेका उम्मेदवारलाई माग राख्ने गरेको विकले बताए ।
गाउँपालिकाले सबै वडामा ग्रामीण सडक पु¥याएको बताउदै उनले केही गाउँबस्तीमा अहिले सडक खन्ने काम निरन्तरता भइरहेको बताए । कर्णाली नदीमा पक्की पुल नहुँदा स्थानीयवासीलाई समस्या हुने गरेको उनले बताए । कर्णाली नदीमा पुल भए प्रत्येक गाउँबस्तीमा बर्खाको समयमा पनि यातायातको सुविधा हुने बताउदै उनले पक्की पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर घरसम्म लौजाने गरेको बताए ।
स्वामीकार्तिकखापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले अधिकांश वडामा सडक पु¥याएको बताउदै उनले ती सडकमा अहिले गाडी गुड्ने गरेको बताए । कर्णाली नदीमा राखेको फेरीले ती वडामा गाडी गुड्ने गरेका बताउदै उनले फेरीका कारण अहिले स्थानीयको जीवनशैलीमा परिवर्तन आएको बताए ।


