"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

No data was found

Khabar Raftar

फागुन ०३ धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य भएका छन । विसं २०७७ सालमा चुरे गाउँपालिका वडा नम्बर–४ को गौजनामा पहिरोले घर जग्गा बगाए पछि पहिरो विश्थापीत परिवार चुरे गाउँपालिका–४ कै पनेरुगडा स्थित जङ्गलमा बस्न बाध्य भएका हुन ।

पहिरोले चुरे गाउँपालिका वडा नम्बर–४ की वश्नादेवी महराको १६ रोपनी जमिन सहित घर र खेत बगाए पछि उनको पिरिवार विगत पाँच वर्षदेखि जङ्गलमा पालमुनी बस्दै आएको छ । विस्थापित भएपछि जङ्गलमा बस्दै आएको उनको परिवारलाई वन कार्यालयले हटाए पछि केही समय गौशालामा बस्नुपरेको उनले बताईन । त्यहाँबाट पनि हटाइए पछि फेरि पनेरुगडाकै जङ्गलमा फर्किएर बस्न बाध्य भएको विश्नादेवीले बताईन । घर नै नभएपछि जङ्गलमै बस्नुपर्ने बाध्यता आएको उनले बताईन ।

छोरी ठूलो भइसकेकाले जङ्गलमा बस्न असुरक्षित महसुस भएपछि छोरीलाई आफन्त कहाँ राखेर पढाइरहेको उनले बताईन । दुई छोरासँगै जङ्गलमै बसिरहेकी विश्नादेवीले श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताईन । मजदूरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको उनले बताईन । भाडामा बस्ने क्षमता नभएकाले जङ्गलमै बस्दा बच्चाहरूको भविष्य जोखिममा पर्ने चिन्ताले सताउने गरेको उनले बताईन ।

बाघ र जङ्गली जनावरको डर हुने गरेको बताउदै उनले सामुदायिक वन समूहले अन्तै जान भन्दै आएको बताईन । ज्यान जोखिममा राखेर जंङगलमा बस्न रहर नभएको बताउदै उनले जाने ठाउँ कतै नभएकाले जान नसकेको बताईन । त्यसैगरी कमला रोका मगरको परिवार पनि २०७७ साल देखि पनेरुगडाकै जङ्गलमा पालमुनी जीवन बिताइरहेको छ । हावाहुरी चल्दा रूख ढल्छ कि भन्ने त्रास,राति जङ्गली जनावर आइपुग्छन् कि भन्ने डरैडरले दिन काट्नु परेको उनले बताईन । जाने ठाउँ कतै नभएकाले जान नसकेको बताईन ।

त्यसैगरी चुरे गाउँपालिका वडा नम्बर–६ का डबल बहादुर कार्की पनि पालमुनि बस्दै आएका छन् । सुरुमा विस्थापित परिवार धेरै भएको बताउदै उनले कतिपय रोजगारीका लागि भारत गएको र केही पहिरो गएको आफ्नै ठाउँतिर फर्किएर बसेको बताए । आफ्नो केही पनि नभएकाले कही नगयर बसिरहेको उनले बताए । पालिकाले बस्न भनेको भए पनि सुरक्षित र स्थायी बसोबासको कुनै सुनिश्चितता नभएको उनले बताएका छन ।

पनेरुगडामा मात्रै २५ भन्दा बढी परिवार पाल टाँगेर बसिरहेका छन् । चुरे गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले २०७७ सालको बाढी–पहिरो र अन्य दैवी प्रकोपका कारण विस्थापित १ सय १६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा चुरे गाउँपालीका वडा नम्बर–१ को खामाहाले र खानीडाँडा लगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएको बताए । सुरुमा घरबारबिहीन भन्दै करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि गाउँपालिकाको छानविन पछि १ सय १६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइएको उनले जानकारी गराए ।

वन कार्यालयले २०७९ सालमा अतिक्रमण भन्दै धेरैलाई हटाए पनि वास्तविक पीडित भने अझै जङ्गलमै बस्न बाध्य भएको बताउदै वडाध्यक्ष लामिछाने मगरले विस्थापितहरूको समस्या गम्भीर भएको बताए । स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्न आफ्नै जमिन नभएको बताउदै उनले वन कार्यालयले हटाउन खोजे पनि उनीहरूको जाने ठाउँ नभएकाले जोखिमपूर्ण अवस्थामा बस्न बाध्य भएको बताए ।

उनीहरुका बालबालिका गौरीगङ्गा नगरपालिका वडा नम्बर–३ मा रहेको शिव नमुना आधारभूत विद्यालयमा पढ्न जाने गरेको उनले बताए । कक्षा ६ मा अध्ययनरत दीपेन्द्र महराले वर्षाको समयमा बाढी आएपछि विद्यालय जान नसकिने बताए । त्यसैगरी कक्षा ७ मा अध्ययनरत रमेश बहादुर महराले बिहानको समयमा स्कुल लाग्दा अभिभावकहरूले आधा बाटोसम्म पुर्याउन जाने गरेको बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन