"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

No data was found

Khabar Raftar

फागुन ०३ धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह पछाडी रहेका छन । प्रदेशका २३ वटा स्थानीय तहले ५० अंक कटाउन नसकेर पछाडी रहेका हुन । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनले २३ वटा स्थानीय तहले ५० अंक कटाउन नसकेर पछाडी रहेको देखाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका पाँच वटा स्थानीय तहले ७० अंक भन्दा माथि प्राप्त गर्दै उत्कृष्ट भएका छन् । गत माघ २९ गते सार्वजनिक गरिएको प्रतिवेदन अनुसार अमरगढी नगरपालिका ७७ दशमलव ७९ अंक सहित प्रदेशमै पहिलो बनेको छ । त्यसैगरी अपिहिमाल गाउँपालिका ७६ दशमलव १४ अंक सहित दोस्रो स्थानमा रहेको छ भने जोरायल गाउँपालिकाले ७५ अंक, साइपाल गाउँपालिकाले ७४ दशमलव ०६ अंक र केआईसिंह गाउँपालिका ले ७० अंक प्राप्त गरेका छन् । त्यसैगरी सबैभन्दा कम अंक ब्यास गाउँपालिकाले ल्याएको छ ।

कमलबजार नगरपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिका लगायतका स्थानीय तह पनि कार्यसम्पादनमा कमजोर देखिएका छन् । आयोगले देशभरका स्थानीय तहहरूको कार्यसम्पादन १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको जनाएको छ । बजेट तथा राजश्व र व्ययको अनुमान समयमै गाउँ र नगर सभामा पेश तथा पारित गरिएको अवस्था, राजश्व बाँडफाँडको रकम प्रदेश सञ्चित कोषमा मासिक रूपमा जम्मा गरिएको वा नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा, विनियोजित बजेट अनुसार खर्च प्रगति, वित्तीय अनुशासन, बेरुजुको अवस्था, सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग तथा आवधिक योजना तर्जुमा जस्ता विषयलाई आधार बनाइएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को राजश्व तथा व्यय अनुमान २०८२ असार १० भित्र सभामा पेश र पारित गरिएको, नगरिएको, २०८१÷०८२ मा घरजग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर र विज्ञापन करमध्ये प्रदेशलाई दिनु पर्ने ४० प्रतिशत रकम समयमै जम्मा गरिएको अवस्था, २०८३÷०८४ को आयव्यय प्रक्षेपण २०८२ पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गरिएको, नगरिएको तथा २०८१÷०८२ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा २०८२ कार्तिक मसान्त भित्र सार्वजनिक गरिएको, नगरिएको विषयलाई सूचकमा समेटिएको छ ।

त्यसैगरी आयोगले शैक्षिक क्षेत्रका तीन वटा सूचकलाई पनि मूल्यांकनमा समावेश गरेको छ । शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ८ सम्म ५–१२ वर्ष उमेर समूहका विद्यार्थीको खुद भर्ना दर, शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा टिकाउ दर तथा कक्षा १० को परीक्षामा न्यूनतम जीपीए १.६० वा सोभन्दा माथि ल्याउने विद्यार्थीको प्रतिशतलाई आधार बनाइएको छ । स्वास्थ्यतर्फ आर्थिक वर्ष २०८१÷०८२ मा चार पटक गर्भ जाँच गराउने महिलाको अनुपात, संस्थागत सुत्केरी दर तथा पूर्ण खोप प्राप्त गरेका बालबालिकाको अनुपातलाई सूचकका रूपमा समेटिएको छ ।

साथै आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन विवरण तोकिएको अवधिमा प्रविष्टि गरिएको, नगरिएको अवस्थालाई पनि १७ औँ सूचकमा समावेश गरिएको छ । प्रतिवेदनमा केही स्थानीय तहले अघिल्लो वर्षको तुलनामा सुधारको संकेत देखाए पनि धेरै जसो स्थानीय तहमा वित्तीय व्यवस्थापन, न्यून राजश्व परिचालन, पारदर्शिताको कमी र योजना कार्यान्वयन कमजोर रहेको देखाएको छ ।

आयोगको मूल्यांकनले सुदूरपश्चिमका स्थानीय तहबीच कार्यसम्पादनमा ठूलो खाडल रहेको स्पष्ट पारेको छ । केही स्थानीय तहले उत्कृष्ट प्रदर्शन गर्दै उदाहरण प्रस्तुत गरे पनि अधिकांश तह अझै आधारभूत वित्तीय अनुशासन र प्रभावकारी कार्यान्वयनको चुनौतीसँग जुधिरहेका छन् । सम्बन्धित स्थानीय तहहरूले मूल्यांकनलाई आत्मसात गर्दै पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन सुदृढ गर्न ठोस कार्ययोजना तयार गरी कार्यसम्पादन सुधारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन