हामी हरेक कुरामा परनिर्भर छौ । खाने तरकारी लगाउने लुगा, पेट्रोल सबै कुरामा हामी पर निर्भर बन्दै गएका छौ । यती सम्मकी हामी नेपाली उत्पादनलाई विश्वास नै गर्दैनौ । हुन त नेपाल सरकारले के नै उत्पादन गरेको छ र ? किसानहरुले उत्पादन गरेका तरकारीले समेत बजार पाउन सकेको छैन । स्थानीय उत्पादनलाई प्राथमीकता नदिएर विदेशी उत्पादनलाई हामी प्रशय दिदै आएका छौ ।
त्यसैले किसानहरुले कहिले दुध सडकमा पोखेर विरोध गर्नु परेको छ भने कहिले तरकारी सडकमा फाल्नु परेको छ । सरकारले किसानहरुका लागी कुनै काम गर्न नसकेको यस्ता कुराहरुले प्रष्ट्याउ“छ । किसानले सडकमा तरकारी सडकमा पोख्नु सरकार प्रतिको आक्रोश र आफ्ना पीडा ब्यक्त गर्नु भएकाले उनिहरुका समस्या समाधानका लागी सरकारले गम्भिर भएर सोच्न जरुरी छ ।
किसानले उत्पादन गर्ने हरेक चिजले न त बजार पाउन सकेको छ,नता मूल्य पाउन सकेको छ । यस्तो अबश्थामा किसानहरुले आफ्ना उत्पादन सडकमा पोखेर विरोध जनाउनुको विकल्प छैन । सरकारले उद्योग कलकारखाना बेचेर नीजिकरण गरेको अबश्थामा किसानले खेती गर्दै आएका भए पनि सरकारी नितीका कारण किसान निराश बन्दै गएका छन ।
किसानले उत्पादन गरेका दुध र तरकारी कहिले सडकमा फाल्नु, दूध नालीमा खन्याउनु पर्ने अबश्थाको अन्त्य हुने गरी सरकारले किसानका सवालमा स्पष्ट नीति बनाउन आवश्यक छ । सरकारले किसानका उत्पादनहरुको समयमै मूल्य निर्धारण गरी बजारको ब्याबश्था गर्न आवश्यक छ ।
किसानहरुलाई प्रोत्साहन गर्न उनीहरुका उत्पानको सरकारले जीम्मा लिन आवश्यक छ । दीर्घकालीन योजनाका साथ किसानका समस्याहरु समाधान गर्न जरुरी छ । किसानका समस्या समाधान गर्न जरुरी छ । स्थानीय नेपाली उत्पादनलाई प्राथमीकता दिन जरुरी छ ।

