"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु

No data was found

Khabar Raftar

फागुन ०१ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर–१ को नागु क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिए पछि सरकारले नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरेको हो ।

स्थानीयवासीले माघ १ र १७ गते भेलागरी खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे पुल लगायत पूर्वाधार विकासका माग राखेका    थिए । त्यसलगत्तै माघ १८ गते जिल्ला समन्वय समिति प्रमुख महादेव बडु नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नागु क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार हाल नागु क्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी गराए । उक्त क्षेत्रमा पहिलो चरणमा ३३ बोरा चामल पठाइएको उनले बताए ।

उपाध्यायले वडा नम्बरं १ को लागि एक हजार क्विन्टल खाद्यान्न ढुवानी सुरु गरिएको बताए । सिके कन्सटक्र्सन मार्फत उक्त क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरिएको बताउदै उनले नागु, पारिमेला र इयरकोट क्षेत्रमा वितरण हुने गरी कम्पनीले चामल पठाइरहेको बताए ।

खाद्य संस्थानले प्रतिकिलो ६२ रुपैयाका दरले मोटो चामल उपलब्ध गराइरहेको उनले जानकारी गराए । चामल प्रतिबोरा एक हजार ५ सय ५० रुपैया तोकिएको उनले बताए । वडा नम्बरं १ का वडाध्यक्ष हरिलाल महताले अहिले गाउँमा निरन्तर खाद्यान्न ढुवानीको काम भइरहेको बताए ।

अहिले नौगाड गाउँपालीका वडा नम्बर–१ को सुण्डमुण्ड सम्म जीप तथा ट्याक्टर मार्फत खाद्यान्न ढुवानी भइरहेको उनले   बताए । पारिमेलाबाट खच्चडले गाउँका पसलमा खाद्यान्न पु¥याउने काम गरिरहेको महताले जानकारी गराए । यसअघि दार्चुलाका अन्य खाद्य डिपोमा चामल ढुवानी भए पनि नागुको लागि ढुवानी भएको थिएन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा चामल ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गरे पनि नागु डिपोका लागि न्यून ढुवानी भाँडा निर्धारण गरिएकाले कुनै पनि ढुवानीकर्ताले प्रस्ताव पेश नगरेपछि समयमा खाद्यान्न पठाउन नसकिएको प्रमुख उपाध्यायले बताए । कम्पनीले नागुका लागि प्रतिक्विन्टल दुई हजार १ सय रुपैया ढुवानी भाडा तोकेर बोलपत्र निकालेको थियो ।

गत कात्तिकमा दोस्रो पटक बोलपत्र आह्वान गर्दा पनि प्रस्ताव दर्ता नभए पछि ढुवानी रोकिएको थियो । सडक पहुँच नभएकाले खच्चड र मानिसबाट खाद्यान्न ढुवानी गर्दा महँगो मूल्य पर्न गएपछि ठेकेदारले यो क्षेत्रका लागि ठेक्कामा सहभागी नभएका गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताए । ठेकेदारले अघिल्लो वर्ष ढुवानीमा नोक्सान भएको भन्दै यस पटक अस्वीकार गरेको उनले बताए ।

नागु क्षेत्र नौगाडकै सबैभन्दा टाढाको दुर्गम बस्ती भएको बताउदै उनले सरकारी तवरबाट यस क्षेत्रमा अहिले खाद्यान्य ढुवानी गरिएको चामल बजारको तुलनामा महँगो भएको भन्दै स्थानीयले आपत्ति जनाएको बताए । स्थानीय करनसिंह डडाँलले बजारमा प्रतिकिलो ५८ रुपैयामा चामल पाइने भए पनि खाद्य कम्पनीको चामल ६२ रुपैयामा बिक्री गरिरहेको बताए ।

यही साता प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली नागु पुग्दा खाद्य संस्थानको चामलको मूल्यमा हेरफेरका लागि स्थानीयले आग्रह गरेको डडालले जानकारी गराए । सरकारले सहुलियत मूल्यमा चामल उपलब्ध गराउनु पर्नेमा व्यापारिक चामल भन्दा महँगो हुँदा समस्या पर्ने भन्दै मूल्य समायोजनको लागि ध्यानाकर्षण गराएको उनले बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण