"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई राजीनामा दिन नेकपाको सुझाव

No data was found

Khabar Raftar

माघ २८ धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहलाई राजीनामा दिन सुझाव दिएको छ । वर्तमान सरकार प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफल भएको, आवश्यक कानुन निर्माण गर्न नसकेको, बजेट कार्यान्वयनमा असफल भएको, बताउदै नेकपाले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको    हो । साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको मिलन पछि प्रदेश सभामा ठूलो दल बनेको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्दै मुख्य मन्त्री शाहले राजीनामा दिनु पर्ने बताएको हो ।

दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधा अवधि भन्दा बढी समय समाप्त हुँदै गर्दा प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको खाडलमा फसेको बताए । सरकारबाट अपेक्षित कामहरू कछुवा गतिमा मात्र होइन, कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प देखिएको बताउदै भट्टले प्रदेश सरकार चिर निन्द्रामा रहेको बताए । विकास खर्चले गति लिन नसकेको बताउदै उनले जनताले सरकारको उपस्थिति अनुभूति गर्न नपाएको बताए । वर्तमान नेतृत्वले सरकार चलाइरहनु भनेको प्रदेशलाई अझै पछि धकेल्नु सरह भएको उनले बताए ।

प्राकृतिक विपत्ति, दुर्घटना वा संकटका बेला सरकारले विज्ञप्ति जारी गर्ने र राहतको नाममा केही रकम घोषणा गर्ने बाहेक कुनै ठोस काम गर्न नसकेको उनले बताएका छन । बैतडी बस दुर्घटनाको छानबिन सम्म गर्न नसक्ने सरकारबाट वर्षौं देखि भूकम्प, बाढी, आरक्ष र पहिरो पीडितहरूको पुनस्र्थापना हुने अपेक्षा गर्नु भनेको दिवास्वप्न देख्नु जस्तै भएको उनले बताए । कानुन निर्माण, योजना कार्यान्वयन, प्रशासनिक सुधार र सुशासनका सवालमा पनि सरकार पूर्णतः असफल देखिएको उनले बताए ।

कार्यालय देखि मन्त्रालय सम्म व्यापक बेथिति मौलाएको, अस्पतालहरूमा नियुक्ति ढिलाइ भएको र संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्न असफल भएको उनले बताए । त्यसैगरी नीति आयोगमा चरम बेथिति मौलाएको, आयोजना नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी र मनपरी खर्च गरेको, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल गरेको, अस्थायी कार्यालय खोली मनमौजी खर्च गरेको, ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिएको र समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव रहेको उनले बताएका छन ।

१२ बुँदे अभियोग प्रति सरकार गम्भीर बन्नुपर्ने उनले बताउका छन । तीन दल मिलेपछि पनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार भने सुरक्षित रहेको छ । नेकपा २१ सांसद सहित प्रदेशसभामा ठूलो दल बनेको भए पनि एक जना प्रदेशसभा सदस्य निलम्बित छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ जना सांसदको आवश्यकता पर्छ । कांग्रेससंग १८ सांसद छन् भने ११ सांसद भएको एमाले पनि कांग्रेस नेतृत्वको सरकारमा रहेको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण