माघ २८ कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर–६ सिसैया स्थित चौधर नदीको पक्की पुलबाट हाम फालेका एक जना पुरुषको मृत्यु भएको छ ।
पुलबाट हाम फालेका बेदकोट नगरपालिका वडा नम्बर–१० हरपल बस्ने ३५ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो । उनले पुलबाट हाम फालेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुग्दा गम्भीर अवस्थामा भेटिएका उनलाई तत्काल एम्बुलेन्स मार्फत महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो ।
अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनकारी गराएको छ ।
Post Views: 34


