समय परिस्थिति अन्ुसार ब्याबश्थाहरु फेरीदै जान्छन । नेपालमा पनि राणाकालीन ब्याबश्था, पञ्चायतकालीन ब्याबश्था हुदै अहिले संसदिए ब्याबश्था चलीरहेको छ । ब्याबश्था परिबर्तन भए पनि जनताको अबश्था भने कहिल्यै परिबर्तन हुन सकेको छैन । त्यसैले केही समय राम्रै चलेको यो ब्याबश्थाको विकलपमा जनताले अर्को ब्याबश्थाको परिकल्पना गर्न थालिएको छ । संसदीय ब्याबश्थाले जनताको अबश्थामा सुधार ल्याउन नसकेको भन्दै ब्याबश्थाको विकलपमा अर्को ब्याबश्थाको आवश्यकता महशुस गर्न थालीएको हो ।
संसदीय ब्याबश्था हुने खाने र पहुच वालाको मात्र भएकाले जनताको ब्याबश्था ल्याउनु पर्ने आवाज उठन थालेको छ । देश र जनताको अबश्था बदल्ने ब्याबश्थाका लागी देशभक्तहरुले सोच्ने समय आएको छ । अहिले निर्बाचनको समय पनि छ । दलका नेताहरु प्रचार प्रसारमा पनि छन । उममेदारहरुले आफ्ना प्रतिबद्धताहरु सार्बजनीक पनि गर्दै आएका छन । दलहरुकै कारण संसदीय ब्याबश्था गन्हाउन थालेको छ । निर्बाचन महङगो बन्दै गएको छ ।
दलहरु मीलीजुली निर्बाचन लड्न थालेका छन । सरकार आलोपालो चलाउन थालेका छन । महङगी र भ्रष्टाचार मौलाउदै गएको छ । न्याय मर्दै गएको छ । अदालतका न्यायधिशहरु दलका कार्यकर्ता बन्दै गएका छन । जसले गर्दा पनि यसको विकल्प खोज्नु पर्ने अबश्था आएको छ । ब्याबश्था बदल्न आवश्यक भएको छ । ब्याबश्था बदलेर जनताको जीवन स्तर उकासन जरुरी भएको छ । त्यसैले अहिलेकै ब्याबश्थामा पनि प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातीक प्रर्णालीको एजेण्डा बोकेका जनताको अबश्था बदल्ने योजना बनाएका उम्मेदारहरुलाई मतदान गर्न आवश्यक छ ।
हाम्रालाई होईन राम्रालाई जिताउन जरुरी छ । जनयुद्धको बलमा प्राप्त गणतन्त्र पनि फलदायी बन्न नसकेको अबश्थामा अहिलेको निर्बाचनले देश बनाउन सक्ने, राष्ट्र बचाउन सक्ने , जनताको अबश्था उकास्न सक्ने र भ्रष्टाचारीलाई कारबाही गर्न सक्ने स्पष्ट उदेश्य बोकेका उम्मेदारहरुलाई चुन्न जरुरी छ । ब्याबश्थालाई बदलन सके मात्र सबै ब्यथीतिको अन्त्य गर्न सकिने भएकाले प्रत्यक्ष कार्यकारी प्रणाली र पूर्ण समानुपातीक प्रर्णालीको अभ्यास गर्न जरुरी छ । स्थिर सरकार बनाएर जनताको अबश्था बदल्न जरुरी छ ।

