माघ २६ बाजुरा । बाजुरामा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जना घाइते भएका छन् । आइतबार साँझ मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बुढीनन्दा नगरपालिका ९ काँधमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते भएका हुन ।
दुर्घटनामा चालक थापा, पछाडि सवार सोही ठाउँ बस्ने अन्दाजी २२ बर्षको सागर रावल र बडीमालिका नगरपालीका वडा नम्बर ९ का हेमराज उपाध्याय घाइते भएका हुन ।
मार्तडीबाट कोल्टीतर्फ जादैँ गरेको बडीमालिका नगरपालीका वडा नम्बर८ मार्तडी बस्ने धन बहादुर थापाको छोरा बर्ष अन्दाजी २७ को दिल थापाले चलाएको बा.प्र.०२–०२८प ४८८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते चालक थापा बडीमालिका नगरपालिका र उपाध्याय कृषि ज्ञान केन्द्र बाजुराका कर्मचारी हुन् । घाइते तीनै जनाको टाउको, हात र खुट्टामा चोट लागेको छ भने जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको बताईएको छ । जिल्ला अस्पतालले घाइते सागर रावललाई थप उपचारका लागि रेफर गरेको बताइएको छ ।


