"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको कलुवापुरका दलित समुदायले बस्ती विकास गर्ने उम्मेद्धारलाई मतदान गर्ने

No data was found

Khabar Raftar

माघ २५ कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ कलुवापुरका दलित समुदायले बस्तीे विकास गर्ने उम्मेद्धालाई मतदान गर्ने बताएका छन । उम्मेदवारहरु समर्थक सहित गाउँ, बस्तीमा पुगेर मतदातासँग भोट माग्ने क्रम्मा कलुवापुरका दलित समुदायले बस्तीे विकास गर्ने उम्मेद्धालाई मतदान गर्ने बताएका हुन । चुनावी प्रचार प्रसारमा गाउँ, बस्तीमा पुग्ने उम्मेदवारलाई उनीहरुले बस्ति विकास गर्नेलाई मतदान गर्ने बताएका छन ।

त्यसैगरी स्थानीयले पक्की पुल निर्माण, नमूना दलित बस्ती, स्वदेशमा रोजगारी, सिँचाइका लागि बोरिङ, सडक बत्ती तथा जग्गाको लालपुर्जा वितरण लगायतका माग अघि सारेका छन् । माग पूरा गर्ने प्रतिबद्धता सहित विश्वासिला उम्मेदवारलाई मतदान गर्ने बस्तीका दलित समुदायले बताएका छन । दलित बस्तीलाई नमूना बस्ती बनाउने र स्थानीय खोलामा पक्की पुलको माग पुरानै भएको स्थानीय धर्मबहादुर सार्कीले बताए ।

हालसम्म मागहरु पूरा नभएको बताउदै उनले वर्षौँदेखि खोला वारपार गर्न समस्या भए पनि पुल निर्माणको आश्वासन धैरै पटक पाएको बताए । आश्वासन मात्रै पाएको बताउदै उनले कसैले पुल निर्माणका लागी पहल नगरेको बताए । बस्ती नजिक स्वास्थ्य चौकी नहुँदा उपचारका लागि करिब एक घण्टा पैदल हिँड्नु पर्ने बाध्यता रहेको बताउदै उनले स्वास्थ्य चौकी पुगे पनि औषधिको अभाव सधैँ हुने गरेको बताए ।

निजी मेडिकलमा गएर चर्को शुल्क तिरेर औषधी किन्नु पर्ने अवस्था रहेको उनले बताए । त्यसैगरी समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउदै स्थानीइ जञ्जाली सार्कीले बस्तीमा पुग्ने सडकको अवस्था पनि दयनीय रहेको बताए । वर्षौँदेखि धुलाम्मे र हिलाम्मे सडकमा आवत जावत गर्नुपरेको बताउदै उनले स्थानीय तह देखि प्रदेश सम्म पटक पटक सडक स्तरोन्नतिका लागि आग्रह गरे पनि सुनुवाइ नभएको बताए ।

’सडक बत्ती जडानको माग पनि पुरानै भएको बताउदै उनले सधैँ आश्वासन मात्रै पाउने भएकाले यसपटक माग पूरा गर्ने प्रतिबद्धता गर्नेलाई मतदान गर्ने बताए । सिँचाइका लागि बस्ती नजिक जडान गरिएको एउटा बोरिङ पर्याप्त नभएको बताउदै उनले रोपाइँको समयमा पानीका लागि मारामारको स्थिति पैदा हने गरेको बताए । अर्को बोरिङ जडान गरी सहज सिँचाइको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन । गाउँमा रोजगारीका अवसर नहुँदा अधिकांश युवा भारतका विभिन्न सहरमा कुल्ली र दरबानको काम गर्न बाध्य भएको स्थानीइ पदम सार्कीले बताए ।

गाउँमै परम्परागत सीपमा आधारित उद्योग स्थापना गर्ने र युवालाई तालिम दिएर रोजगारी सिर्जना गर्ने विषय हरेक चुनावमा सुनिने गरेको बताउदै उनले व्यावहारमा कहिल्यै लागु नभएकोे बताए । त्यसैगरी जग्गाको स्वामित्व सम्बन्धी समस्या पनि पुरानै भएको स्थानीइले गुनासो गरेका छन । वर्षौँदेखि लालपुर्जा पाउने आशामा बसेका उनीहरूले नापीको काम अघि बढे पनि लालपुर्जा कहिले पाइन्छ भन्ने टुङ्गो नभएको बताएका छन् ।

दलित समुदायका उनीहरुले यसपटक पूरै बस्तीको साझा धारणा बनेको बताउदै ’बस्तीका आवश्यकता पूरा गर्ने विश्वासिलो उम्मेदवारलाई मतदान गर्ने बताएका छन । कलुवापुरमा मात्रै साठी घर दलित समुदायले बसोबास गर्दै आएका छन भने पूरै वडामा १ सय ८० घर परिवार दलित समुदायकोे बसोबास रहेको उनीहरुले बताएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन