लिङग पहिचान गरी छोरीको भु्रण हत्या गर्ने क्रम बढ्दै गएको छ । लिङग पहिचान गरी छोरीको भु्रण हत्या गर्ने कार्यले गर्दा छोरीको जन्मदर पनि घटदै गएको छ । गर्भ परिक्षण गराएर छोरीको भ्रुण हत्या गर्ने कार्य बढ्दै गएकाले जन्मदर घट्दै गएको हो । हाम्रो समाजमा छोरालाई महत्व दिने गरेका कारण लिङग पहिचान गरी छोरीको भ्रुण हत्या गर्ने संस्कार मौलाउदै गएकाले छोरीको जन्मदर घटेको हो ।
गर्भपतनले नेपालमा कानूनी मान्यता पाए पछि भ्रुण हत्या गर्ने कार्य बढ्दै जानुले भविष्यमा समस्या देखिने भएको छ । मुलुकी अपराध सहिता ऐन २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वाश्थ्य र अधिकार ऐन २०७५ ले निशुल्क गर्भपतन गराउन कानुनी मान्यता दिएको भए पनि स्वईच्छा र करकापमा लिङग पहिचान र भ्रूण हत्यालाई निषेध गरिएको छ । तर पनि छोराको आस गर्दा गर्दै भिडियो एकसरगर्ने र गर्भमा छोरी भए भ्रुण हतया गर्ने चलन बढ्दै गएको छ ।
गर्भमै छोरीको हत्या गर्ने र जन्मीसके पछि पनि बलँत्कार पछि हत्या गर्ने घटनाहरुले गर्दा छोरी सुरक्षित हुन सकेका छैनन । भ्रुण हत्यालाई रोकन संघ, प्रदेश र स्थानीय तहले कार्ययोजना बनाएर कडाईका साथ कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको छ । भिडियो एकसरे मशिन भ्रुण पहिचान गर्नलाई नबनेको भए पनि यसको गलत प्रयोग बढ्दै गएको छ । सोच र ब्याबहारमा परिबर्तन ल्याउन पनि सचेतना कार्यक्रमको आवश्यक भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।
छोरीलाई हेर्ने दृष्टिकोण गलत भएकाले त्यसलाई बदल्न जरुरी छ । आर्थिक शसक्तिकरण गर्न सके लिङग पहिचान र भ्रूण हत्याको छिटो अन्त्य गर्न सकिने भएकाले सम्बन्धीत निकायको ध्यान त्यतातीर केन्द्रित हुन आवश्यक छ । पुरातनबादी सोचको अन्त्य गर्नुका साथै लिङग पहिचान गर्ने र भ्रुण हत्या गर्ने स्वाश्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ । बढ्दै गएको छोरीको भ्रुण हत्याले भबिष्यमा विकराल रुप लिन सक्ने भएकाले यसलाई रोकन कानुन कार्यान्वयनमा कडाई गरौ । भु्रण हत्या गर्ने कार्यलाई निरुत्साहित गरौ ।

