"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको ओलानीमा श्रीमद् भागवत महायज्ञ सुरु

No data was found

Khabar Raftar

माघ २३ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२, ओलानी स्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरको निर्माण, संरक्षण तथा दीगो व्यवस्थापनका लागि श्रीमद् भागवत ज्ञान–विज्ञान तथा धन्याञ्चल ज्ञान महायज्ञ औपचारिक रूपमा सुरु भएको छ । माघ २३ गते देखि श्रीमद् भागवत ज्ञान–विज्ञान तथा धन्याञ्चल ज्ञान महायज्ञ औपचारिक रूपमा सुरु भएको हो ।

फागुन १ गतेसम्म सञ्चालन हुने महायज्ञको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महायज्ञले नगरवासीमा धार्मिक उत्साह र आध्यात्मिक ऊर्जा थपेको बताए । उनले मन्दिर निर्माण तथा व्यवस्थापनका लागि समुदायको एकता, सहयोग र समर्पण अत्यन्तै आवश्यक रहेको बताए ।

मन्दिर केवल पूजा गर्ने स्थल मात्र नभई संस्कार,संस्कृति र समाजलाई जोड्ने केन्द्र भएको बताउदै उनले महायज्ञले धार्मिक चेतना बढाउनुका साथै मन्दिरको दीगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले प्रसङ्गमा बोल्दै जेन्जी आन्दोलन पश्चात सुदूरपश्चिमको बिकासका ढोका बन्द भएको समेत बताएका छन ।

आन्दोलन पछि निर्माण भएको सरकारले ३७ अर्ब रकम निकासा रोक्का गरेको समेत उनले बताए । संघीय सरकारबाट दशौँपटक पहल गरी गोदावरी नगरपालिकाका लागि ल्याइएको करिब ३७ करोड रुपैयाँको बजेट वर्तमान सरकारले रोकेको भट्टले बताए । गोदावरीधाममा तटबन्ध निर्माणका लागि विनियोजित तीन करोड सहित सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको साढे ६ अर्ब रुपैयाँ पनि रोकिएको उनले बताए ।

यति ठूलो विकास बजेट रोकिँदा सम्बन्धित पक्षले पहल गर्नुपर्ने उनले बताए । कार्यक्रममा वडा नंम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, वडा नम्बरं. १२ का वडा अध्यक्ष भिम खड्का, वडा नम्बरं. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, वडा सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजक पक्षले मन्दिर निर्माण तथा निरन्तर सहयोग पु¥याउने सम्पूर्ण दाता महानुभाव प्रति हार्दिक आभार व्यक्त गर्दै सबै श्रद्धालु भक्तजनलाई महायज्ञमा उपस्थित भई श्रीमद् भागवत कथाबाट आध्यात्मिक लाभ लिन आग्रह गरेको छ । महायज्ञको कथा वाचन प्रख्यात कथा वाचक अच्युत शरण धिताल महाराजले गर्र्दै भागवत कथा मार्फत धर्म, संस्कार, ज्ञान र मानवीय मूल्यको सन्देश प्रवाह गरिने आयोजकले जानकारी गराएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण