"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महिला तथा बालबालिका सेभ हाउसले श्रीमद् भागवत महायज्ञ आयोजना गर्ने

No data was found

Khabar Raftar

माघ २३ धनगढी । कैलालीको अतरिया स्थित महिला तथा बालबालिका सेभ हाउसले यही माघ २६ गते देखि श्रीमद् भागवत महायज्ञ आयोजना गर्ने भएको छ । महिला तथा बालबालिका सेभ हाउसले यही माघ २६ गते देखि श्रीमद् भागवत महायज्ञ आयोजना गर्ने भएको हो ।

महिला तथा बालबालिका सेभ हाउसमा आश्रित अनाथ तथा असहाय बालबालिकाहरूका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले संस्थाको आयोजनामा महायज्ञ आयोजना गरिएको हो । सेभ हाउसमा आश्रित बालबालिकाहरूको पालनपोषणमा बेला–बेला आर्थिक समस्या हुने भएकाले दीर्घकालीन समाधानका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक पदमराज जोशीले जानकारी गराए ।

त्यसैगरी संस्थाकी अध्यक्ष जानकी मलासीले संस्थाको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको बताउदै संस्थाको भवन निर्माणका लागि समेत स्रोत संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताइन् ।

महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिने, माघ २७ गते देखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना गरिने उनले जानकारी गराईन ।

कथा प्रवचन सुमि मानव सहितको समूहले गर्नेछ भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्ने उनले जानकारी गराईन । महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका विभिन्न धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिने बताइएको छ ।

हाल महिला तथा बालबालिका सेभ हाउसमा ४० जना भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन् । संस्थाको आफ्नै भवन नहुँदा हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनबाट सेवा सञ्चालन हुँदै आएको अध्यक्ष मलासीले बताईन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण