नेपाल कृषी प्रधान देश हो । हामी नेपालीको मुख्य पेशा पनि कृषी हो । तर पनि हामी खाद्यान्नमा परनिर्भर बन्दै गएका छौ । नाम मात्रको कृषी प्रधान देशका किसान भएका छौ । खेतीयोग्य जमीन बाझै रहेको छ । लगाएको खेती समेत सरकारी उदासिनताका कारण परिणाममुखी हुन सकेको छैन । किसानले समयमा मल खाध पाउन सकेका छैनन । सिचाई र विउ विजनको समेत अभाव किसानले झेल्दै आएका छन ।
विभिन्न कारणले किसानहरु कृषी पेशाबाट पलायन हुन थालेका छन । जसका कारण नेपालमा उत्पादन बढाउन सकिएको छैन । नेपालका लागी आवश्यक खाध्यान्न नेपालमै उत्पादन गर्न जरुरी छ । आवश्यक खाध्य उत्पादन गर्न सबैले उत्पादनमा जोडीन आवश्यक छ । सरकारी निकायले समेत सबैलाई उत्पादनसंग जोडीने ब्याबश्था गर्न जरुरी छ । कृषीलाई प्राथमीकतामा राखेर किसानका समस्याहरुलाई राज्यले सम्बोधन गर्न जरुरी छ ।
सबै राजनैतिक दलहरुले पार्टी नेता कार्यकर्ताहरुलाई उत्पादनसंग जोडेर देशमा कृषी उत्पादन बढाउन जरुरी छ । कृषीमा लागेका किसानहरुलाई विभिन्न क्षेत्रमा सरकारले सहयोग गर्न जरुरी छ । विदेशिएको श्रमशक्तिलाई नेपालमा रोक्न सक्ने गरी सरकारले ब्याबश्था गर्नुकासाथै आन्तरिक उत्पादनमा जोड दिन जरुरी छ । कृषीमा उत्पादन बढाएर बाहीय आयातलाई रोक्नका साथै आत्मनिर्भर बन्न जरुरी छ ।
औद्योगिक उत्पादनमा वृद्धि गर्न समय लाग्ने भएकाले कृषि उत्पानमा जोड दिन जरुरी छ । कृषी उत्पादनलाई जोड दिएर सबैलाई उत्पादनसंग जोड्न सके आत्मनिर्भर बन्न सकिने भएकाले सरकारको ध्यान त्यस तर्फ जान जरुरी छ । कृषी उत्पादनमा जोड दिएर आत्मनिर्भर बन्न जरुरी छ । कृषी उत्पादनमा लागौ, आत्मनिर्भर बनौै भन्ने नारा सहित राज्यले कृषीमा लगानी बढाउन जरुरी छ ।

