माघ २१ कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत माग्न आएका उम्मेदारहरुलाई शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितले बसोबासको ब्याबश्था गर्नैलाई मत दिने बताउदै आएका छन् ।
झन्डै चार सय परिवारका आठ सय भन्दा बढी निकुञ्ज विस्थापितले मत माग्न आएका उम्मेदारहरुलाई बसोबासको ब्याबश्था गर्नैलाई मत दिने बताउदै आएका हुन । आंशिक माग समेत पूरा नगरिए उम्मेदवारलाई मत नखसाल्ने उनीहरुले बताएका छन ।
अस्थायी टहरा बनाएर महेन्द्रनगर स्थित जडीबुटीको सार्वजनिक भूमिमा बसोबास गर्दै आएका आरक्ष पीडितहरुले अस्थायी शिविर बसोबासका लागि कागज बनाइदिन आग्रह गर्दै आएका छन् ।
नियमित रूपमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग भेटघाट गर्दै अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउन आग्रह गरिरहेको निकुञ्ज पीडितहरुले बताएका छन ।
आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका संयोजक जयबहादुर रोकायाले आगामी प्रतिनिधि सभा निर्वाचनपूर्व आफूहरूको अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग भेटघाट गर्दै छलफल गर्दै आएको बताए ।
हाल बसोबास गर्दै आएको जडीबुटीको जमिनमा खानेपानी, शौचालय लगायतका आधारभूत आवश्यकता समेत पूर्ति गर्न समस्या भएपछि आगामी निर्वाचनपूर्व अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग आग्रह गरिएको उनले बताए ।
कृष्णपुर नगरपालिका वडा नम्बर–१ स्थित जयशङ्कर सामुदायिक वन कञ्जकलीमा अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाई माग्न अनुरोध गरेको उनले बताए । “विगतका आयोगले प्रस्तावित गरेका स्थानमा शिविर बनाउनु पर्ने आफूहरूको माग रहेको उनले बताँए ।
मागको सम्बोधन नभए मत नखसाल्ने र निर्वाचन पनि बहिष्कार गर्ने उनले बताए । आरक्षपीडित शेरबहादुर चुनाराले निर्वाचन क्षेत्र नम्बर–२ मा आफूले विगतका निर्वाचनमा मत खसाल्दै आएको बताउदै विगतमा झुटा आश्वासन मात्रै दिलाएका सांसदका कारण हाल कुनै व्यवस्था नहुँदा जडीबुटीको जमिनमा कष्टकर जीवनयापन गर्नु परेको बताए ।
आगामी निर्वाचनमा आफूहरूका लागीे अस्थायी शिविर बनाएर बसोबासको व्यवस्था मिलाउने तथा निर्वाचित भएपछि जमिन उपलब्ध गराउने उम्मेदवारलाई मात्रै मत खसाल्ने उनले बताए ।


