"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दुई करोडको लागतमा निर्माणाधिन मणिका धाम हल निर्माणको काम अन्तिम चरणमा

No data was found

Khabar Raftar

माघ २० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्यटन विभागको दुई करोड ४३ लाख ६२ हजार ६ सय ४९ रुपैया लागतमा निर्माणाधीन आधुनिक भजन हल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

ठेक्का प्रक्रिया मार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको बताउदै निर्माण सेवाका सञ्चालक केशवराज भट्टले हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताए । निर्माणाधीन स्टेज सहितको उक्त हलमा ४ सय भन्दा बढी भक्तजन अट्ने क्षमता रहेको उनले जानकारी गराए ।

हलसँगै एउटा कार्यालय कक्ष, सामग्री भण्डारणका लागि ‘स्टोर रुम’ र बरन्डा निर्माण गरिएको उनले बताए । हल निर्माणमा पूर्ण रूपमा मेसिनले कटिङ गरिएका ढुङ्गाको प्रयोग गरिएको बताउदै उनले हाल रङरोगन, टायल बिछ्याउने तथा विद्युत् वायरिङको काम सम्पन्न भइसकेको बताए ।

बाउन्ड्रीवाल’, गेट तथा अपाङ्गतामैत्री महिला–पुरुष शौचालय निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । गत असारदेखि सुरु भएको निर्माण कार्य आगामी फागुन २० गते भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए ।

धाम क्षेत्रका भडरिया डम्बर बहादुर ऐरले मणिकाधाम धार्मिक क्षेत्रमा भारत र नेपालका भक्तजन मुड्का बाबाको दर्शनका लागि पुग्ने गरेको बताए ।

यसअघि भजनकीर्तन तथा धार्मिक कार्यक्रम गर्न उपयुक्त हल नहुँदा समस्या हुँदै आएको बताउँदै उनले नयाँ हल निर्माण पछि धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै टाढाबाट आएका भक्तजनलाई बसोबासका लागी पनि सुविधा हुने बताए ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष रमेशबहादुर ऐरले विद्युत् विस्तार नहुँदा रातिको समयमा भक्तजनले अन्धकारमा सास्ती भोग्नु परेको बताउदै पुल विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको बताए ।

लाइन विस्तारकार्य पूरा भएको बताउदै उनले केही दिनभित्रै विद्युत् जडानकार्य पूरा गरी धाम क्षेत्रलाई झिलीमिली बनाउने बताए । उक्त क्षेत्रमा पुग्न गतिलो सडक नहुँदा धार्मिकजनले सास्ती खेप्दै आएको बताउदै उनले कच्ची सडकलाई स्तरोन्नति नगरिँदा हिलाम्मे र धुलाम्मे सडकमा धार्मिकजनले पुग्नु पर्ने बाध्यता रहेको बताए ।

उक्त क्षेत्रलाई थारू समुदायले ‘मुड्का’ नामले चिन्ने गरेको बताउदै उनले थारू भाषामा ‘मुड’ को अर्थ शिर हुने र यस क्षेत्रको सबैभन्दा अग्लो स्थानमा बैजनाथ बाबाको स्थापना भएकाले ‘मुड्का’ नाम प्रचलनमा आएको बताए ।

यही नाम विकसित हुँदै मणिकाधामका रूपमा परिचित भएको उनले बताए । पूर्वपश्चिम राजमार्गको कलुवापुर वा झलारी हुँदै सवारी साधनबाट करिब आधा घण्टामा पुग्न सकिने उक्त स्थल स्थानीय मात्र नभई बाहिरी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको उनले बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण