माघ १० डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर–२ सडेखानमा स्थित घरमा चट्याङ पर्दा दुई जना बालका घाइते भएका छन ।
स्थानीय घन्सराम लामिछानेको तीन कोठे एक तले कच्ची घरमा चट्याङ पर्दा उनका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेर बहादुर लामिछाने मगरको १३ वर्षीया छोरा गोकुल लामिछाने मगर घाइते भएका हुन ।
उनीहरु दुबैजना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको हो ।
चट्याङका कारण दीपेश बेहोस भएका थिए भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको बताइएको छ । चट्याङले घरमा जडित विद्युतीय मिटर बक्स जलेको र घरका भित्ताहरु चर्किएको बताइएको छ ।
Post Views: 96


