"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको ग्रामीण क्षेत्रका स्थानीय अझै अँध्यारोमा बस्न बाध्य

No data was found

Khabar Raftar

माघ ०३ बझाङ । बझाङका अधिकांश ग्रामीण बस्तीका स्थानीय अझै अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारले सन् २०२६ भित्र देशका सबै ग्रामीण क्षेत्रमा विद्युतिकरण गरी सक्ने घोषणा गरेको भए पनि झाङका अधिकांश ग्रामीण बस्तीका स्थानीय अझै अँध्यारोमा बस्न बाध्य भएका हुन ।

सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै क्षेत्रमा विद्युतिकरण गर्ने घोषणा गरेको भमए पनि घोषणा भएको वर्ष बितिसक्दा पनि बझाङका ग्रामीण बस्ती अझै अध्यारोमा रहेका छन ।

जयपृथ्वी नगरपालिकाका अधिकांश गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेको भए पनि जिल्लाका अन्य ११ वटा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दा अझै अँध्यारोमा जीवन बिताइरहेका छन् ।

बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली, छबिसपाथिभेरा, खप्तडछान्ना, सुर्मा, तल्कोट र मष्टा गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युतिकरण हुन अझै बाँकी रहेको छ । हालसम्म जयपृथ्वी नगरपालिका, बित्थडचिर गाउँपालिका र थलारा गाउँपालिकाका अधिकांश बस्तीमा मात्र राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

साइपाल गाउँपालिकाका केही बस्ती भने लघु जलविद्युत आयोजनाबाट लाभान्वित भए पनि अधिकांश आयोजनाहरू बिग्रिएका कारण स्थानीइ बासिन्दा अझै अँध्यारोमा जीवन बिताइरहेका छन् ।

सरकारले राष्ट्रिय विद्युत प्राधिकरणको प्रणालीमा नजोडिएका क्षेत्रहरूमा लघु तथा साना जलविद्युत, सौर्य र वायु ऊर्जा प्रविधि मार्फत विद्युतीयरण गर्ने योजना अघि सारेको भए पनि अहिलेसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

बुंगल नगरपालिका निवासी गोबिन्द बहादुर जाग्रीले विद्युत वितरण सबस्टेसनलाई स्वचालित बनाउने र स्थानीय तहसँग समन्वयमा स्मार्ट मिटर वितरण गर्ने योजना भए पनि दुर्गम ग्रामीण भेगमा विद्युत् नपुगेकाले कार्यान्वयन कहिले हुने हो भन्ने विषयमा स्थानीयवासी अनभिज्ञ रहेको बताए ।

स्थानीय बासिन्दाले सरकारी घोषणामा सीमित नरही व्यावहारिक कार्यान्वयनमा जोड दिँदै विद्युतिकरणको काम अघि बढाउन सरकारसँग माग गरेका छन ्।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन