"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

No data was found

Khabar Raftar

माघ ०२ अछाम । सात वर्षसम्म न्यायको खोजीमा प्रहरी र अदालत धाएर पनि न्याय नपाएकी अछामकी एक जना महिलाको दुःखद निधन भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर–९कालेकाँडाकी ३८ वर्षीया जानकी धमलाको दुखद निधन भएको हो ।

न्याय नपाएको पीडा र आफूले भोगेका मानसिक यातनाबारे सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले जीवन त्यागेको परिवारीक स्रोतले बताएको छ । सात वर्षदेखि प्रहरी, वडा कार्यालय, स्थानीय न्यायिक समिति,जिल्ला अदालत र उच्च अदालत सम्म पुगेर न्याय खोजिरहेकी जानकी लामो समय सम्म न्याय नपाउँदा गहिरो मानसिक तनावमा परेकी थिइन् ।

सामाजिक सञ्जालमा लेखिएको स्टाटसमा उनले परिवारको अस्वीकार,सामाजिक बहिष्कार र कानुनी प्रक्रिया प्रतिको निराशा व्यक्त गरेकी छिन् । छोराछोरीबाट टाढा पारिएको पीडाले आफूलाई झन् एक्लो बनाएको उनले उल्लेख गरेकी थिइन् ।

जानकीका श्रीमान् चन्द्र ढकाल रोजगारीका लागि भारतमा बस्दै आएका थिए । सात वर्षअघि उनले दोस्रो विवाह गरेको थाहा पाए पछि जानकी न्याय खोज्दै सदरमुकाम मंगलसेन पुगेकी थिइन् । सोही घटना पछि सुरु भएको उनको संघर्ष विभिन्न निकायमा अल्झिँदै लामो समय सम्म चलि रहयो । करिब तीन वर्षअघि जिल्ला अदालत अछाममा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भए पनि प्रमाण नपुगेको भन्दै फैसला जानकीको विपक्षमा भएको थियो ।

जसले उनको मनोबल झन् कमजोर बनाएको आफन्तले बताएका छन । पछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बहुविवाह भएको ठहर ग¥यो । श्रीमान् तथा उनकी कान्छी श्रीमतीलाई सजाय सुनायो । सजाय बराबरको रकम तिरेपछि श्रीमान् जेल नबसी बाहिरिए ।

त्यसपछि जानकीको जीवन झन् असुरक्षित बन्दै गएको परिवारले बताएका छन । उनी पटक–पटक मंगलसेन स्थित सेफ हाउसमा पीडितका रूपमा बस्न बाध्य भइन । त्याँहा उनले सिलाइकटाइ सिकिन् र मनोपरामर्श पनि लिइन् ।

अदालतको फैसला पछि श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरे । प्रेम विवाह गरेकी जानकीले सम्बन्ध विच्छेद नभई परिवारको साथ खोजिरहेकी थिइन् । छोराछोरीसँग भेटघाटमा
रोक लगाइए पछि उनी गहिरो पीडामा परिन् । यही अवस्थाले उनलाई सबैभन्दा ठूलो चोट पुगेको आफन्तले बताएका छन । चन्द्र ढकालले जनाकीसँग प्रेम विवाह गरेका थिए ।

जानकीका तीन सन्तान छन् । चन्द्रले भारतमा अर्की महिलासँग विवाह गरेपछि जानकीलाई तनाव दिन थालेको जानकीका काका तथा कमलबजार नगरपिालिका वडा नम्बर ५ का अध्यक्ष समेत रहेका सत्यराज तिमिल्सेनाले बताए ।

श्रीमानले अर्को विवाह गरेपछि परिवारका अन्य सदस्यले पनि बेवास्ता गर्दै मानसिक तनाव दिएकाले देहत्याग गर्ने निर्णयमा पुगेको जानकीले फेसबुकमा लेखेकी छिन् । श्रीमान् र परिवारको शारीरिक र मानसकि तनाव झेल्न नसकेर यो निर्णयमा पुगेको उनले लेखेकी छिन । जानकीको शव जिल्ला अस्पतालमा राखिएको छ । परिवारका सदस्यले दोषी पक्ष उपस्थित नभए सम्म शव नउठाउने अडान लिएका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण