पौष २६ डोटी । डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार शिखर नगरपालिका वडा नम्बर–१ बान्डुङग्रीसैनमा सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षकी तारा देवी बलायरको मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–२ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 82


