पौष २५ डोटी । डोटीमा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीवार डोटीको आदर्श गाउँपालिका वडा नम्बर–१ बाँझकी २३ वर्षीया सुत्केरी मुना श्रीमालको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीवार आठ महिनाकी गर्भवती श्रीमाललाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बच्चा जन्मिए पछि स्वास्थ्य अवस्था जटील भई बेहोस भएकी श्रीमाललाई उद्धार गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।
Post Views: 64


