"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खप्तडछान्नाका पूर्व अध्यक्ष रोकाया सहित ६ जनालाई कैद सजाय

No data was found

Khabar Raftar

पौष २२ बझाङ । सिँचाइ आयोजनामा नक्कली कागजात तयार पारेर सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया सहित ६ जनालाई कैद र जरिवाना सजाय सुनाएको छ ।

सिँचाइ कुलो निर्माण कार्यमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दे कैद र जरिवाना सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच फैसला गर्ने विषयमा राय बाझिएको थियो ।

राय नमिले पछि मुद्दा आइतबार तेस्रो न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश गरिएको थियो । सिंहले प्रतिवादीहरू दोषी हुने ठहर गरेको रायमा श्रेष्ठले समर्थन जनाए पछि बहुमतका आधारमा फैसला भएको अदालत स्रोतले जनाएको छ ।

अदालतले खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले सबै दोषी ठहरिएकालाई ६ महिना कैद र जनही २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । उनीहरूविरुद्ध आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७÷७८ मा भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा काम नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइए पछि आयोगले जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन