"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

No data was found

Khabar Raftar

मंसिर २५ डडेल्धुरा । डडेलधुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । भातकाँडा–बडाल–रेल सडक निर्माणमा बालुवाको सट्टा माटो र कमसल गिट्टी प्रयोग गरी पर्खाल निर्माण गरिएको पाइएको    हो । सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग गरीएको पाईए पछि स्थानीयले आपत्ति जनाएका छन् ।

गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ रुवाखोला हुँदै डोटीको शिखर नगरपालिकासँग जोडिने मुख्य सडक समयमै निर्माण हुन नसक्दा समस्या भएको स्थानीयले बताएका छन । स्थानीय सुरेन्द्र चन्दले मङ्गलबार माटो प्रयोग गरेर बनाइएको पर्खाल स्थानीयको विरोध पछि भत्काइएको जानकारी गराए ।

कमसल सामाग्री प्रयोग भएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला सहितको टोलीले निर्माण स्थलमै पुगेर अनुगमन गरेको उनले बताए । अनुगमन पछि प्रमुख जिल्ला अधिकारी कोइरालाले अत्याधिक लो–बिडिङ, गुणस्तरहीन सामग्रीको प्रयोग गरिनुकासाथै, समयमै काम नगर्ने प्रवृत्ति र गैरजिम्मेवारीपनका कारण निर्माण कार्य प्रभावित भएको बताए ।

साढे चार किलोमिटर सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७८÷७९ मा ठेक्का सम्झौता भए पनि हालसम्म काम सम्पन्न हुन नसकेको उनले बताए । त्यो भन्दा पछि ठेक्का लागेका अन्य सडक खण्डहरू गत वर्षमै कालोपत्रे भइसकेको स्थानीयले बताएका छन् ।

२०५२ सालमै ट्र्याक खोलिएको सडक अझै कालोपत्रे नहुदा स्थानीयले निरन्तर आवाज उठाउदै आएको स्थानीय चन्दले     बताए । महाकाली राजमार्गको भातकाँडा बजार देखि साढे चार किलोमिटर खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड बराबरको ठेक्का सम्झौता गरिएकोमा पर्खाल निर्माणका क्रममा खनिएको माटो बालुवाका नाममा प्रयोग गरिएको र ढुङ्गा कुटेर कमसल गिट्टी प्रयोग गरिएको पाइएको उनले बताए ।

स्थानीय सन्तोष देउवाले निर्माण स्थलमा बालुवाको नाममा माटो हालिएको बताउदै गिट्टी पनि गुणस्तरहिन प्रयोग गरिएको बताउदै केही स्थानमा एक्सपायर सिमेन्टको प्रयोग भएको आशंका भएको बताए । पाँच वर्षदेखि काम हुन नसकेको सडक निर्माणमा अझै गुणस्तरहिन सामाग्री प्रयोग हुनु चिन्ताजनक विषय भएको उनले बताए । सडक डिभिजन कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया नआएको पनि उनले गुनासो गरेका छन ।

सडक डिभिजन कार्यालय डोटीका सबइन्जिनियर विवेक शर्माका अनुसार हालसम्म ४१ प्रतिशत भौतिक प्रगती भएको छ । भातकाँडा–बडाल–रेल सडक कालोपत्रेका लागि २०७८ माघमा ठेक्का सम्झौता भएको जानकारी गराउदै सबइन्जिनियर शर्माले २०८० चैत मसान्त सम्म काम सक्ने लक्ष्य राखिएको भए पनि उक्त अवधि भित्र काम सुरु नभए पछि म्याद थपिएको जानकारी गराए ।

गत वर्ष कटिङ र पर्खाल निर्माण मात्रै गरिएको बताउदै उनले जसका आधारमा २०८२ असार मसान्त सम्म म्याद पुनः थपिएको बताए । अहिले पर्खाल निर्माणको काम भइरहेको सबइन्जिनियर शर्माले जानकारी गराए । निर्माण कम्पनी अनक जोशी मालिकाका सञ्चालक रघुवीर साउदका अनुसार गत वर्ष केही काम सम्पन्न भएपछि म्याद थपिएको हो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन