"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एनपीएलमा जनकपुरको पहिलो जित

No data was found

Khabar Raftar

मंसिर १६ धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

लामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो । माज सदाकत र अनिश शाहको अर्धशतक सहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।
माजले ३० बलमा ६३ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

अनिल शाहले ३६ बलमा ६१ रन जोड्न ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर आशिफ शेखले १८, जान निकोल लोफ्टी–इटनले ११ र आदित्य महताले १८ रन जोडे । बलिङतर्फ अमर रौतेला, कमलसिंह ऐरी र सोहिल तानवीरले समान १–१ विकेट लिए । जनकपुरका जान निकोल लोफ्टी–इटन रन आउट भएका हुन् ।

चितवनका रौतेलाले जनकपुरका सर्वाधिक रनकर्ता माजको महत्त्वपूर्ण विकेट लिए । जनकपुरका दोस्रो रनकर्ता अनिल शाहलाई सोहिल तानवीरले क्याट आउट गराए । १ ओभर बलिङ गरेका सौगात ढकाल खर्चिला बलर बने । उनले १४ रन खर्चिए । कमल ऐरीले २ ओभर बलिङ गर्दा २७ रन दिए ।

यस जितसँगै जनकपुरको पराजय यात्रा रोकिएको छ । यो टिमले अघिल्ला चार खेलमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गोर्खाजसँग हारेको थियो । चितवनको यो तेस्रो हार हो । यसअघि यो टिमले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको थियो ।

लुम्बिनी लान्यस र कर्णाली याक्ससँग हारेको थियो । यस खेलमा ४ अर्धशतक प्रहार भएको छ । यो जारी सिजनकै पहिलो घटना हो । जनकपुरबाट माज सदाकद र अनिल शाहले अर्धशतक प्रहार गरे । चितवनबाट डविड मलान र अर्जुन साउदले अर्धशतक प्रहार गरे ।

डविडले ५४ बलमा ८० रन र अर्जुनले ३९ बलमा ५२ रन जोडे । चितवनका दुई ओपनर डविड र अर्जुनले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरे । जनकपुरले चितवनको पहिलो विकेट लिन सुरुवाती १३ ओभर ४ बलको संघर्ष गर्नुपरेको थियो । यी दुईको अर्धशतकसहितको साझेदारीले पनि चितवन हारबाट जोगिन सकेन ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए