मंसिर ११ बझाङ । आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भए पनि बझाङको बुङ्गल नगरपालिका वडा नम्बर–२ मजिउनका स्थानीयलाई सामान्य सिटामोल लिन एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित मजिउनका स्थानीयलाई सामान्य सिटामोल लिन एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।
मजिउनका बासिन्दाले बर्सौंदेखि उपचारका लागि बुङ्गल नगरपालिका वडा नम्बर–२ को गिरौँ स्वास्थ्य चौकीमा जानु पर्ने बाध्यता रहेको छ । स्वस्थ व्यक्तिले मजिउनबाट उक्त चौकीसम्म पुग्न कम्तीमा पाँच घण्टा लाग्ने बताइएको छ । बिरामीले हिँडेर जान खोजे प्रायः पूरै दिन खर्चिनु परेको स्थानीय देव धामीले बताए । गाउँमा स्ट्रेचर समेत नभएकाले बिरामीलाई डोकोमा हालेर बोक्दै स्वास्थ्य चौकीसम्म पु¥याउनु पर्ने बाध्यता रहेको उनले बताए ।
स्वास्थ्य सेवाको पहुँच नभएकाले सामान्य रोगव्याधिमा पनि स्थानीय धामीझाँक्रीकै भर पर्नु परेको उनले बताए । मजिउनमा धामी समुदायका ३० घर परिवारले बसोबास गर्दै आएको उनले बताए । नजिकको अर्को बस्ती पुग्न पनि करिब पाँच घण्टा लाग्ने भएकाले एक जना बिरामीलाई बोक्नुपर्ने अवस्था आयो भने गाउँनै खाली हुने गरेको स्थानीय अर्जुन धामीले बताए ।
बिरामी बोक्नका लागि २०÷२५ जनासम्म मान्छेसँगै हिँड्नु पर्ने बताउदै उनले बोक्ने मान्छे नपुग्दा कतिपयलाई घरमै राख्नु परेको बताए । गाउँमा प्रसूति सेवा तथा खोप केन्द्र नहुँदा महिलाले बढी समस्या भोग्नु परेको स्थानीय पुष्पादेवी धामीले बताईन । व्यथा लाग्दा बोकेर लैजान स्ट्रेचर नभएको बताखउदै उनले घाँस काट्ने डोकोमै हालेर दौडिनु पर्ने बताईन ।
कहिलेकाहीँ बोक्ने मान्छे नभेटिने उनले बताईन । कतिपयले बाटैमा बच्चा जन्माएको बताउदै उनले कतिपयले ज्यानै गुमाएको बताईन । नवजात शिशु भएपछि खोप लगाउन पनि लामो दुरी हिँड्नु पर्ने भएकाले सुत्केरी र नवजात दुवै जोखिममा पर्ने गरेको उनले बताईन ।
खोप केन्द्र पुग्न दिनभर लाग्ने भएकाले धेरै बालबालिका अझै पनि नियमित खोप सेवाबाट वञ्चित रहेको स्थानीय मैना धामीले बताईन । खोपको महत्व बुझेकाले हिँडेरै भए पनि गएर लगाउने ष्ग रेको बताउदै उनले धेरैले खोप लाएर के हुन्छ’ भनेर खोप नलाउने गरेको बताईन । गाउँमै खोप केन्द्र भएको भए एक जना बच्चा पनि खोपबाट वञ्चित हुनु नपर्ने उनले बताईन ।
स्वास्थ्य चौकी टाढा भएका कारण बिरामी पर्नासाथ उपचार नपाइने, सिकिस्त भएपछि मात्र बोकेर लैजानु पर्ने बाध्यताले कतिपयको ज्यानै जाने गरेको स्थानीय नन्दा धामीले बताईन ।
मजिउनमा करिब तीन सयको हाराहारीमा जनसङ्ख्या रहेको बताउदै उनले मजिउन मात्र नभई बुङ्गल नगरपालिका वडा नम्बर–२ का लौने, कलौन, बमौर तथा बुङ्गल नगरपालीका वडा नम्बर–६ का बड्डीज्यावन, चिल्ठा, गल्लेक लगायतका बस्तीका स्थानीयले पनि यस्तै समस्या भोग्दै आएको बताईन ।
यी गाउँबाट स्वास्थ्य चौकीसम्म पुग्न चार घण्टा भन्दा बढी पैदल हिँड्नु पर्ने उनले बताईन । समस्या समाधानका लागि स्थानीयले नगरपालिका र जिल्ला तहका निकायमा पटक पटक धारणा राखे पनि सुनुवाइ नभएको उनीहरुले बताएका छन । चुनावका बेला दलका नेताहरूले समस्या समाधान गर्ने आश्बासन दिए पनि चुनाव जितेर गएपछि फर्केर नआउने उनीहरुले बताएका छन ।
मजिउनबाट भोट हाल्नका लागि मतदान केन्द्र जान पनि एक दिन पैदल हिँड्नु पर्ने बताईएको छ । बुङ्गल नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बिरे धामीले आफू पनि सोही क्षेत्रको स्थानीय भएकाले समस्या राम्रोसँग बुझेको बताए ।
हाल नगरपालिका स्रोतबाट मजिउनलाई सडक सञ्जालसँग जोड्ने कार्य अघि बढाइएको बताउदै उनले गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न जनसङख्या न्यून र लागत धेरै पर्ने भएकाले तत्काल सम्भव नभएको अध्यक्ष धामीले बताए ।


