मंसिर ०८ काठमाण्डौ । कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य दिएको थियो । १९.२ ओभरमा अल आउट हुँदा कर्णाली याक्सले मात्र ९४ रन बनायो ।
Post Views: 137


