"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिने

No data was found

Khabar Raftar

मंसिर ०७ बैतडी । बैतडीमा जिल्लाभरीका विद्यालय सहभागी हुने गरी स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिने भएको छ ।

यहि पौष मसान्त सम्म स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरि सक्ने गरी प्रतियोगिता आयोजना गरिने भएको हो ।

जिल्ला खेलकुद विकास समितिले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्क राज जोशीले जानकारी गराए ।

आगामी माघ महिना भित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने भएकाले पौष मसान्त सम्म स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न भनिएको जोशीले बताए ।

जिल्ला खेलकुद विकास समितिको वार्षिक कार्ययोजना अनुसार आयाजना गर्न लागीएको प्रतियोगितालाई सफल पार्न आवश्यक तयारी तथा समन्वय समेत गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रत्येक स्थानीय तहबाट विद्यालयस्तरका विभिन्न खेल प्रतियोगिता मार्फत छनौट भएका खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी गराइने उनले बताए ।

विद्यालयहरूबाट अन्तरपालिकागत, अन्तरस्थानीय तथा जिल्लास्तरका छनौटका आधारमा उत्कृष्ट खेलाडीलाई जिलास्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गराइने जोशीले जानकारी गराए ।

जिल्लाका सबै स्थानीय तहले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यार्थी अनिवार्य रूपमा सहभागी हुने गरि व्यवस्थापन गर्न र विद्यालयलाई समयमै टिम गठन, खेलाडी छनौट तथा आवश्यक कागजात तयार गर्न अनुरोध गरिएको उनले बताए ।

खेल समन्वय तथा व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह, विद्यालय प्रशासन र जिल्ला खेलकुद विकास समितिबीच निरन्तर समन्वय हुने उनले बताए । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, मार्शल आर्टसहित विभिन्न विधामा प्रतिस्पर्धा हुने जोशीले बताए ।

प्रतियोगिता सम्पन्न भएपछि विद्यालयहरूले खेलाडीहरूको नामावली, विवरण, तथा फोटो सहितको प्रतिवेदन निर्धारित ढाँचामा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पेश गर्नु पर्ने उनले बताए ।

प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीहरूले आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिनिधित्व गर्ने उनले बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन