"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामका अधिकांस विद्यालयमा प्राविधिक शिक्षा बन्द

No data was found

Khabar Raftar

कार्तिक २८ अछाम । केही वर्ष अघिसम्म अछामका गाउँगाउँमा प्राविधिक शिक्षा विस्तारको उत्साह देखिए पनि हाल अधिकांश विद्यालयमा प्राविधिक पढाइ बन्द भएको छ ।

सीटीईभीटी,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त गरेर जिल्लाका धेरै माध्यमिक विद्यालयले सिभिल इन्जिनियरिङ, कृषि र पशु विज्ञान जस्ता विषय पढाउन थालेका भए पनि हाल अधिकांश विद्यालयमा प्राविधिक पढाइ बन्द भएका हुन ।

कार्यक्रम सुरु भएको केही वर्ष गाउँमै बसेर सीपमूलक शिक्षा प्राप्त गर्ने विद्यार्थीको संख्या बढ्दै गइरहेको भए पनि अहिले धेरै विद्यालयमा ती कार्यक्रम बन्द भइसकेका छन् । कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा पनि विद्यार्थीको अभाव हुँदै गएको छ ।

सीटीईभीटीबाट मान्यता प्राप्त गरेर डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोम्याट्रिक्स इन्जिनियरिङ पढाइरहेको साँफेबगर स्थित जनकल्याण माध्यामीक विद्यालयमा यही वर्षदेखि दुवै कार्यक्रम बन्द भएको प्राधानाध्यापक टेकबहादुर साउदले बताए ।

योग्य शिक्षकको अभाव र दुर्गम क्षेत्रमा प्राविधिक विषय पढाउन सक्ने प्रशिक्षक बस्न नचाहने भएकाले प्राविधिक कार्यक्रम बन्द गर्नुपरेको उनले बताए । प्राविधिक पढाइका लागि प्रयोगात्मक उपकरण, फिल्ड भ्रमण र तालिमका लागि सहयोग नपाउँदा विद्यालय समस्यामा परेको उनले बताए ।

साँफेबगर नगरपालिका भित्र रहेका सूर्यचन्द्र माध्यामीक विद्यालय, प्रभा धम्कोट माध्यामीक विद्यालय, महेन्द्र माध्यामीक विद्यालय र बेतालमाण्डौं माध्यामीक विद्यालयमा पनि प्राविधिक विषय पढाउन बन्द भएको साफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी गराए ।

सीटीईभीटीबाट मान्यता प्राप्त गरेर डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइरहेको मेल्लेख गाउँपालिका वडा नम्बर–६ शोडषामा रहेको नन्देश्वरी माध्यामीक विद्यालयले पनि कार्यक्रम बन्द गरेको छ ।

विद्यालयका प्रधानाध्यापक पृथ्वीबहादुर रावलले २०७६ सालमा प्राविधिक विषय पढाउन थालिएको विद्यालयमा प्रशिक्षक र विद्यार्थीको अभाव, स्रोत साधानको कमी लगायतका कारण दुई वर्ष अघि देखि प्राविधिक विषय पढाउन बन्द गरिएको    बताए ।

पढाइ सुरु भएको पहिलो वर्ष २४ जना, दोस्रो वर्ष १७ जना, तेस्रो वर्ष ८ जना र चौथो वर्ष ६ जना विद्यार्थी भर्ना हुन आएको जानकारी गराउदै उनले २०८० सालको शैक्षिक सत्रसम्म पनि भर्ना लिइरहेको बताए । ६ जना विद्यार्थी मात्रै आएपछि कार्यक्रम बन्द भएको प्रधानाध्यापक रावलले बताए ।

दुर्गम क्षेत्रमा प्राविधिक विषय पढाउन सक्ने प्रशिक्षक बस्न इच्छुक नहुदाँ विद्यालयले कक्षा सञ्चालन गर्न नसकेको उनले बताए । जसका कारण प्राविधिक शिक्षा कार्यक्रमलाई दिगो बनाउनै नसक्ने अवस्था आएको उनले बताए । प्राविधिक विषय बढाउन बजेटको कमी अर्को समस्या भएको बताउदै उनले विद्यार्थी संख्यामा कमी हुनु अर्को कारण भएको बताए ।

गाउँका विद्यार्थी पढ्नका लागि सहर जाने हुँदा प्राविधिक कक्षामा भर्ना पर्याप्त नभएको बताउदै उनले जसले गर्दा विद्यालयहरूलाई कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताए । प्रधानाध्यापक रावलले सीटीइभीटीको अनुगमनमा पनि कमजोरी देखिएको बताए ।

प्रारम्भिक चरणमा अनुमति र समर्थन दिने, त्यसपछि निरन्तर अनुगमन र सहयोग नहुँदा विद्यालयले धेरै समस्या बेहोर्नु परेको उनले बताए । प्रि–डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) कार्यक्रम पढाइ हुने कमलबजार नगरपालिकाको जाल्पादेवी माध्यामीक विद्यालय ढाकुँ र तुर्माखाद गाउँपालिकाको कालिकेश्वरी माध्यामीक विद्यालयमा पनि बन्द भएको छ ।

कृषि विषयमा डिप्लोमा तह कार्यक्रम पढाइ हुने बान्नीगढी जयगढ गाउँपालिकाको सरस्वती माध्यामीक विद्यालयमा पनि बन्द भएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन