कार्तिक २३ धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आईतबार देखि ट्यालेन्ट हन्ट सुरु भएकोे हो ।
भोली सम्म सञ्चालन हुने ट्यालेन्ट हन्टबाट उत्कृष्ट एक खेलाडीलाई छनोट गरिने टोलीका मुख्य प्रशिक्षक जगत टमटाले बताए । ट्यालेन्ट हन्टको पहिलो दिन एक सय ३४ जना खेलाडीले सहभागिता जनाएकोे रोयल्सले जनाएको छ ।
ट्यालेन्ट हन्ट सञ्चालनका लागि टोलीका मुख्य प्रशिक्षक टमटासंगै रोयल्सका खेलाडीहरु विनोद भण्डारी, इशान पाण्डे, नरेन साउँद लगायतको सहभागिता रहेको थियो । एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि यसअघि नै प्रशिक्षण सुरु गरिसकेको थियो ।
Post Views: 21


