"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

No data was found

Khabar Raftar

कार्तिक १५ धनगढी । उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् ।

जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसिया लगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।

कैलालीको घोडाघोडी, कर्णाली नदीको तल्लो तटीय क्षेत्र, जाखोर ताल, कोइलही ताल लगायतका सिमसारमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक जलपन्छी पुगिसकेका छन् ।

त्यसैगरी कञ्चनपुरको बेलौरीस्थित पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको विभिन्न तालहरुमा जाडो छल्नका लागि हिउँदे आगन्तुक चरा आइपुगेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए ।

उनका अनुसार उत्तरीध्रुवमा अत्यधिक हिउँ परेर खान, बस्नको समस्या हुनेगरेका कारण हिउँदे आगन्तुक चरा जाडो याममा यहाँको सिमसारमा आउनेगरेका छन् ।

जाडो याममा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवा लगायतका आगन्तुक चरा नेपालका सिमसारमा आउने गरेका छन् ।

“चिसो हुन थालेपछि अक्टोबर सुरुबाट आगन्तुक चरा यहाँका सिमसार क्षेत्रहरुमा आइ पुगेका छन” डङ्गौराले भने, “अबको झन्डै छ–सात यतै बसाइँ हुनेछ ।” आगन्तुक चरा आए पछि सिमसारमा रौनक थपिएको छ ।

विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् । यहाँ आएका चराहरु मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँद याममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्दछ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन