"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनाव ग्रस्त, अस्पताल भित्रै अश्रुग्यास र लाठीचार्ज

No data was found

Khabar Raftar

कार्तिक १० काठमाडौं । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल दिनभरी तनावग्रस्त बनेको छ । चिकित्सकको लाफरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे पछि अस्पताल दिनभरी तनावग्रस्त बनेको हो ।

प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढा समेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर राखेर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले भिडलाई तितरवितर बनाउन केही राउन्ड आश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । चिकित्सकले दिएको समयमै सुत्केरी गराउन मिनाश्री शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी भए पनि साँझ साढे ५ बजेसम्म पनि मिनाश्रीलाई सुत्केरी बेथा नलागेको उनका दाजु देवेन्द्र राईले बताए ।

राति साढे ९ बजेतिर एक्कासि इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा ब्लिडिङ नरोकिएर बहिनीको मृत्यु भएको देवेन्द्रले बताए । आफूहरूसँग सल्लाह नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा मिनाश्रीले ज्यान गुमाउनु परेको उनले बताए ।

मिनाश्रीले गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएको बताउदै उनले नियमित हेर्ने चिकित्सकको सल्लाह बमोजिम नै कात्तिक ९ गते डेलिभरी गराउन अस्पताल भर्ना भएको जानकारी गराए । बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै भएको बताउदै उनले बहिनी अस्पतालको चरम लाफरबाहीको सिकार बनेको बताए ।

ओभर ब्लिडिङकै कारण बहिनीको मृत्यु भएको बताउदै उनले झुक्याउन राति दुई पटकसम्म अस्पतालले अपरेसनको नाटक गरेर चरम लाफरबाही गरेको बताए । बहिनीको अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको उनको आरोप छ । उनले भने, ‘ओभर ब्लिडिङ भइरहेको छ ।

पहिलो अपरेसनमा पनि ब्लिडिङ रोकिएन । फेरि अर्को अपरेसन गर्नुपर्छ भने । बहिनीको ज्यान बच्छ भने गर्नुस् भन्यौं । अनेकौं प्रयास गरेर रातारात नै फ्रेस ब्लडको व्यवस्था पनि ग¥यौं । तर बहिनीलाई बचाउन सकेनौं ।’ बहिनीको मृत्युको कारण थाहा पाउन आफूहरूले अस्पताल प्रशासनसँग माग गर्दा त्यसको बदलामा प्रहरी प्रशासन लगाएर उल्टै दुःख दिएको उनले बताए ।

अस्पतालको तल्लो तहका कर्मचारीसँग वार्ताबाट केही निष्कर्ष ननिस्किएको बताउदै उनले माथिल्लो तहसँग वार्ता गर्न पाउनुपर्ने बताए । अस्पताल प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर दमन गरेको उनले बताए ।

अस्पतालका निर्देशक र सुत्केरीलाई नियमित चेकअप गर्ने चिकित्सकले घटनाबारे यथार्थ जानकारी गराउनु पर्ने माग आफूहरूको रहेको देवेन्द्रले बताएका छन । अस्पताल प्रशासनले भने मृतकका आफन्तसँग यस विषयमा वार्ता भइरहेको जनाएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन