कार्तिक ०१ धनगढी । धनगढीबाट सुर्ती र बिडी लगायतका अबैध सामना बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–९ त्रिवेणी घाटबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २८ हजार ५ सय २० रुपैया मूल्य बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामना प्रहरीले बरामद गरेको हो ।
उक्त सामना अस्थाइ प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो ।
Post Views: 13


