असोज ३१ धनगढी । भगवान श्री रामको जन्मस्थल अयोध्यामा आयोजना हुने अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक कार्यक्रमका लागि ३२ जना नेपाली कलाकारको टोलीलाई डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष एवं हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष सुरत रावत डोटेली कान्छाले बिदाई गरेका छन ।
अयोध्या रामलिला मुल आयोजक समितिको निमन्त्रणामा हाम्रो संस्कृति हाम्रो पहिचानको सहकार्यमा बेलौरी साँस्कृतिक एवं रामलिला समितिका कलाकारको टोलीलाई उनले विदाई गरेका हुन ।
शुक्रबार धनगढीको त्रीनगर नाकामा कलाकार टोली प्रमुख एवं संयोजक दिनेश कुवँरलाई नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष एवं हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष सुरत रावत डोटेली कान्छाले बिदाइ गरेका हुन ।
कलाकार टोलीलाई शुभकामना सहित बिदाई गर्दै डोटेली कान्छाले भारतमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सुदूरपश्चिमका कलाकारलाई औपचारिक रुपले जसरी निमन्त्रणा ग।िएको छ त्यसरी आफ्नो प्रस्तुति देखाई अन्य देश भन्दा नेपाल उत्कृष्ट प्रस्तुति दिने देश भनेर चिनाउन कलाकारलाई आग्रह गरे ।
कार्तिक १ र २ गते भारतको अयोध्यामा २ दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा विशेष गरी रामलिला प्रस्तुति हुने उनले जानकारी गराए ।
थाइल्यान्ड ,श्रीलंका, रुस, इन्डोनेशिया, भारत लगायत झण्डै एक दर्जन देशको सहभागीता हुने उक्त कार्यक्रममा नेपालबाट सहभागी हुने पहिलो टोली रहेको टोली संयोजक दिनेश कुवँरले बताए ।
बिगतमा प्रस्तुत गरेको रामलिला भित्रको लक्ष्मण शक्तिको भाग प्रदर्शन गर्ने बताउदै उनले अन्तर्राष्ट्रिय स्तरमा हुने यो कार्यक्रममा सहभागी हुन पाउनु नेपाली कलाकारका लागि गौरबको विषय भएको बताए ।



