"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘सुदूरपश्चिम प्रदेश सरकारका कर्मचारीले पर्यटन भत्ताको नाममा ५० करोड बुझे

No data was found

Khabar Raftar

असोज २५ धनगढी । ‘सुदूरपश्चिम प्रदेश सरकारका कर्मचारीले पर्यटन भत्ताको नाममा ५० करोड बुझेको पाइएको छ । सुदूरपश्चिम सरकारले प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले २०७७ सालमा प्रदेश निजामती कर्मचारी आन्तरिक भ्रमण निर्देशिका ल्याए पछि अहिले सम्म पर्यटन भत्ताको नाममा ५० करोड बुझेको पाइएको हो ।

कर्मचारी समायोजन हुँदा सुदूरपश्चिम प्रदेश सरकार मातहतमा दुई हजार ७ सय १५ दरबन्दी समायोजन भएको थियो । २०७४ मा स्वीकृत दरबन्दी भन्दा केही कम कर्मचारी प्रदेशमा समायोजन भएर आएका थिए । प्रदेश सरकारसँग अहिले करिब दुई हजार पाँच सय स्थायी कर्मचारी छन् । मुख्यमन्त्री कार्यालयले पछिल्लो तथ्याङक् भने अध्यावधिक नगरेको पाइएको छ । निर्देशिका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ बाट प्रदेशमा कार्यरत निजामती कर्मचारीहरूलाई आन्तरिक पर्यटनमा जान बिदा र खर्च गर्न रकम दिँदै आएको छ ।

आन्तरिक पर्यटन भ्रमण जाने प्रदेश निजामती कर्मचारीले सात दिन सम्मको काज लिन पाउँछन् भने सुरूको तलब बराबरको भ्रमण खर्च पाउँछन् । तर अधिकांश कर्मचारीहरूले भ्रमण बिदा स्वीकृत गराएर घरमै बस्ने तर भत्ता बुझ्ने गरेको एक जना कर्मचारीले बताएका छन् । प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी नियमावली ल्याए पछि उक्त नियमावलीमा समेत कर्मचारीहरूलाई पर्यटन भत्ता र बिदा दिने व्यवस्था राखिएको छ ।

प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम ७४ मा कर्मचारीलाई वर्षमा बढीमा सात दिन सम्मको पर्यटन बिदा उपलब्ध गराउने व्यवस्था राखिएको छ । नियमावलीमा प्रदेशमा कार्यरत प्रमुख सचिव र प्रदेश सचिव बाहेक अन्य कर्मचारी कम्तिमा निरन्तर ६ महिना रुजु हाजिर भएमा पर्यटन बिदाको सुबिधा पाउने उल्लेख छ ।

पर्यटन बिदा लिएर भ्रमणमा जाँदा कार्यरत रहेको कार्यालय भएको स्थानीय तह र स्थायी बसोबास भएको स्थानीय तह बाहेक नेपालका कम्तिमा दुई जिल्लाका जुनसुकै स्थानमा घुम्न गएको हुनुपर्छ । पर्यटन बिदामा घुम्न गएको कर्मचारीले भ्रमण प्रतिवेदन तयार गरेर बुझाउनु पर्छ । तर, सुदूरपश्चिम प्रदेश सरकार मातहतका अधिकांश कर्मचारीहरूले भने भ्रमण बिदा स्वीकृत गराउने, एक महिनाको तलब बराबरको रकम पनि बुझ्ने र घरमै बसेर प्रतिवेदन लेखेर बुझाउने गरेको स्वयं कर्मचारीहरूले नै बताएका छन् ।

पुराना फोटाहरूको संकलन गरेर प्रतिवेदन तयार गरी कर्मचारीहरूले बुझाउने र भ्रमण भत्ताको रकम त्यतिकै पचाउने गरेको ती कर्मचारीको भनाइ छ । नाम उल्लेख नगर्न भन्दै उनले कर्मचारीहरूले पाँच वर्षमा राज्यको पचास करोड पचाएको बताए । सुदूरपश्चिम प्रदेश सरकारले दिएको सुबिधा हरेक कर्मचारीले उपभोग गरेको मान्ने हो भने २०७७ सालदेखि पाँच वर्षसम्म वार्षिक १० करोडका दरले ५० करोड राज्यको रकम कर्मचारीहरूले भ्रमण नै नगरी बुझेको देखिन्छ ।

दुई हजार पाँच सय स्थायी कर्मचारी कार्यरत रहेको आधारमा औसतमा ४० हजार सुरूको स्केल रहेको आधार मान्ने हो भने कर्मचारीहरूलाई प्रदेश सरकारले अहिलेसम्म ५० करोड रकम दिएको देखिन्छ । कर्मचारी संख्या थोरै तल माथी भए पनि प्रदेश सरकारले कर्मचारीहरूलाई दसैँ भत्ता र पर्यटन भत्ताको नाममा एक आर्थिक वर्षमा १४ महिना तलब खुवाएको देखिन्छ । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको कारण प्रदेश सरकारले ठूलो क्षति व्यहोर्नुपरेको छ ।

प्रदेश सरकारले १० लाख बजेट भएका टुक्रे योजना कार्यान्वयन नगर्ने बताएको छ । आर्थिक समस्यालाई मध्यनजर गरेर खर्च कटौती गरेको बाताएको प्रदेश सरकारले कर्मचारीले पाँच वर्षदेखि खाँदै गरेको पर्यटन भत्ताको विषयमा भने कुनै जानकारी दिएको थिएन । यो विषयमा मुख्ममन्त्री कार्यालयका प्रवक्ता नवराज ओझासँग बुझ्दा उनले पर्यटन भत्ता कटौती गर्ने सम्बन्धमा छलफल भएको जानकारी गराएका छन् । उनले आर्थिक कारणले यो वर्ष पर्यटन भत्ता दिन नसकिने भएकाले चालु आर्थिक वर्षमा भत्ता नदिने विषयमा छलफल भएको बताएका छन् ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन