"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मितव्ययी र वित्तीय अनुशासनको संस्कार बसाउदै, सहकारी

No data was found

Khabar Raftar

असोज २० कञ्चनपुर । बचत तथा ऋणको कारोबार गर्ने कञ्चनपुरका सहकारी संस्थाहरूले मितब्ययी र बीत्तिय अनुशासनको संस्कार बसाउदै आएका छन । विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलनलाई हटाउदै कञ्चनपुरका सहकारी संस्थाहरूले मितब्ययी र बीत्तिय अनुशासनको संस्कार बसाउदै आएका हुन । धेरै सहकारी संस्थाहरूले मितव्ययी तरीकाले साधारणसभा सम्पन्न गर्न थालेका छन् ।

सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गरेको थियो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारण सभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना सम्पन्न गरेको बताए ।

’सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गरेको बताउदै उनले तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गरेको जानकारी गराए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको साधारणसभा सम्बन्धी निर्देशन अनुसार साधारणसभा सम्पन्न गरिएको उनले बताए ।

त्यसैगरी सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताए । प्राधिकरणको निर्देशन अनुसार साधारण सभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको प्रबन्ध निर्देशक भट्टले बताए ।

सहकारी ऐन, २०७४ को व्यवस्था अनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारण सभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको उनले बताए । साधारण सभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्य जस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिकरणले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको उनले बताए ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशीले यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताए । ’भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको उनले बताए ।

सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएको बताउदै उनले सहकारी ऐन २०७४ को दफा ३९ (२) ले साधारण सभाको व्यवस्था गरेको र दफा १०३ (ज) (१) ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको जानकारी गराए । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको उनले बताए ।

विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको बताउदै उनले सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेको बताए ।

नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएको बताए ।

साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो भएको बताउदै उनले त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुने बताए । यस अभ्यासले सहकारी भित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पु¥याउने उनले बताए ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारीको साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको उनले बताए । त्यसैगरी कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिंह सोवले सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको बताए । मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उनले बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन