असोज ०४ धनगढी ।सुदूरपश्चिमाञ्चल साहित्य समाजको नेतृत्वमा रामलाल जोशीलाई चयन गरिएको छ । साहित्य समाजको ११ औँ अधिबेशन तथा साधारण सभाले जोशीलाई अध्यक्षमा सर्ब सम्बत चयन गरेको हो ।
सभाले जोशीको नेतृत्वमा १५ सदसीय कार्य समिति सर्बसम्मत चयन गरेको हो । अध्यक्ष जोशी सहितको १५ जनाको समितिले उपाध्यक्ष, महा सचिव र कोषाध्यक्ष चयन गर्ने निर्बमान महासचिव गणेश नेपालीले जानकारी गराए ।
भाषा, साहित्य र कलालाई समेट्दै आएको साहित्य समाजको ११ औँ अधिवेशन तथा साधारण सभामा साहित्यकार, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अधिवेशन तथा साधारण सभाका बक्ताहरुले साहित्यिक चेतना अभिवृद्धि, नेपाली भाषा र सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विषयमा जोड दिएका थिए ।
वक्ताहरूले साहित्य समाजका क्रियाकलापले सुदूरपश्चिममा साहित्यिक गतिविधि सशक्त रूपमा अघि बढाएको जीकिर गर्दै नयाँ पुस्तालाई सिर्जनशीलतामा जोड्ने काम गरेको बताएका थिए ।
कार्यक्रमको उदघाटन सत्रका प्रमुख अतिथि प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदूरपश्च्मि प्रदेशको उत्थानमा साहित्य समाजले महत्वपूर्ण भूमीका खेलेको बताए ।
त्यसैगरी अन्इ बक्ता, विशिष्ट व्यक्तित्व र समाजका पदाधिकारीहरूले निरन्तर साहित्यिक जागरण मार्फत समाजिक रुपान्तरणमा योगदान पु¥याउन साहित्य समाजले महत्वपूर्ण भूमीका खेलेको बताएका थिए ।


