"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

तराईको गर्मीमा स्याउखेती गरेर मनग्य आम्दानी गर्दै वली

No data was found

Khabar Raftar

भदौ १३ धनगढी । कैलालीका युवा किसान गोकर्ण वलीले तराईको प्रचण्ड गर्मीमा पनि स्याउ खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन । लम्कीचुहा नगरपालिका वडा नम्बर–९ प्रतापपुरका किसान गोकर्ण वलीले प्रचण्ड गर्मीमा पनि स्याउ खेति गरेर मनग्य आम्दानी गर्ने गरेका हुन ।

सामन्यतया चिसो मौसम अर्थात हिमाली भेगमा मात्र फल्ने स्याउ वलीले ३ वटा सिजनमा लटरम्म फलाई सकेको देखेर अन्य युवा पनि अहिले स्याउ खेतीतर्फ आकर्षित भएका छन् । वलीले तीन बिघा जग्गामा व्यावसायिक रूपमा स्याउखेती गर्दै आएका छन् ।

विसं २०७८ साल माघ महिनामा भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेको बताउदै वलीले ३ वटा सिजनमा स्याउ फलाई सकेको जानकारी गराए ।

त्यसैगरी अर्का किसान हर्कबहादुर बिकले पनि यसबर्ष देखि गोदावरी नगरपालिका वडा नम्बर ७ टेकुला टोलमा ६ बिगाह जमिन भाडामा लिएर स्याउ खेति सुरु गरेका छन् ।

तराईको तापक्रममा फल्न सक्ने ११ सय बढी स्याउका बिरुवा रोपिएको उनले जानकारी गराए । चर्को गर्मीमा पनि फल्न सक्ने उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाएको जानकारी गराउदै उनले तराईका क्षेत्रमा नौलो मानिएको स्याउ खेतीका लागि ६ लाख रुपैयाँ लगानी भइसकेको बताए ।

तराईमा पनि स्याउखेति उत्पादन हुने कुरा थाहा पाए पछि बिकले व्यावसायिक रुपमा स्याउखेति सुरु गरेको बताए । विकले स्याउ खेतिसँगै अम्बा, सुन्तला, कागती, टिमुर, शीतल चिनी, कागति, केरा र उन्नत जातका अन्य फलफूल लगाएको बताए ।

परम्परागत रुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट गर्मी ठाउँमा पनि नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा यस खेतीतर्फ आकर्षित भएको उनले बताए ।

स्याउखेती गर्दाको सुरुआतमा कृषि ज्ञान केन्द्र कैलालीले बिरुवा खरिद, सिँचाइ र तारबारका लागि अनुदान दिएको उनले बताए । कृषि ज्ञान केन्द्र कैलालीका सहायक प्रमुख टेकबहादुर बिष्टले कैलालीमा स्याउ खेति परिक्षणकोक्रममा रहेको बताए ।

उनले स्याउखेति गर्ने किसानलाई कृषि ज्ञान केन्द्र कैलालीले आवश्यक सहयोग गर्ने बताए । भारतबाट बर्षेनी करोडौंको स्याउ भित्रिने गरेको बताउदै उनले तराईमा पनि धेरै जग्गा भएका अरु किसानले पनि स्याउ खेती गरेमा कृषकले राम्रो आर्थिक लाभ लिन सक्ने बताए ।

स्याउकै लागि स्वदेशी रकम विदेशिने क्रम बन्द हुन सक्ने प्रवल सम्भावना देखिएको उनले बताए ।

भर्खरै

बेपत्ताहरुको अबश्था सार्बजनिक नहुँदा पीडितहरु चिन्तीत
कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदार स्वारद्वारा १८ बुँदे प्रतिवद्धता सार्वजनिक
गौराले मौलिक संस्कृति र परम्पराको संरक्षण र विकासमा टेवा पु¥याएको छ ः प्रदेश प्रमुख मियाँ
एकै पटक १३ जनाले अपि र २० जनाले ल्हायुल हिमाल आरोहण गर्ने
बाजुरा कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदी बन्दी
गोविन्द केसीले सुरु गरेको सत्याग्रह प्रति गेटा सङ्घर्ष समितिको ऐक्यबद्धता
किवीले बजार नपाउँदा बाजुराका किसान चिन्तित
निशुल्क औषधि सहज रुपमा उपलब्ध गराऔ
दैजी–जोगबुढा सडक आठ वर्षमा पाँच किमी मात्र कालोपत्रे
भाद्र २५ गते देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने आन्दोलनरत उखु किसानको घोषणा

धेरै कमेन्ट गरिएको

बेपत्ताहरुको अबश्था सार्बजनिक नहुँदा पीडितहरु चिन्तीत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

बेपत्ताहरुको अबश्था सार्बजनिक नहुँदा पीडितहरु चिन्तीत

rupes

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदार स्वारद्वारा १८ बुँदे प्रतिवद्धता सार्वजनिक

najir-miya-pradesh-pramukh_20240315185858

गौराले मौलिक संस्कृति र परम्पराको संरक्षण र विकासमा टेवा पु¥याएको छ ः प्रदेश प्रमुख मियाँ

1

एकै पटक १३ जनाले अपि र २० जनाले ल्हायुल हिमाल आरोहण गर्ने

bajura-karagar-e1756632605513

बाजुरा कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदी बन्दी

sangars-samiti

गोविन्द केसीले सुरु गरेको सत्याग्रह प्रति गेटा सङ्घर्ष समितिको ऐक्यबद्धता

kiwi-1-e1756633493898

किवीले बजार नपाउँदा बाजुराका किसान चिन्तित

cropped-cropped-khabar-raftar-2.png

निशुल्क औषधि सहज रुपमा उपलब्ध गराऔ