"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

२१२ औ भानु जयन्तीको अबसरमा ९३ बर्ष पहिले प्रकाशीत ‘पुत्र–शोक’ कृतिको लोकार्पण

No data was found

Khabar Raftar

असार २९ धनगढी । आदिकवि भानुभक्त आचार्यको २१२औँ भानु जयन्तीको अवसरमा वेदान्ताचार्य साहित्यकार स्व. डमरूबल्लभ उप्रेतीको ९३ बर्ष पहिले प्रकाशीत वेदान्ताचार्य डमरूबल्लभ उप्रेतीको ‘पुत्र–शोक’ कृतिको लोकार्पण गरिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा आयोजीत २१२औँ भानु जयन्ती समारोहमा वेदान्ताचार्य डमरूबल्लभ उप्रेतीको वि.सं. १९८९ मा प्रकाशित ऐतिहासिक काव्यकृति ‘पुत्र–शोक’ को लोकार्पण गरिएको हो ।

२१२औँ भानु जयन्ती समारोहका प्रमुख अतिथि हुलाक निर्देशनालय सुदूरपश्चिम प्रदेश धनगढीका निर्देशक तथा संस्कृतिविद साहित्यकार गोविन्दराज पाण्डेले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तब्य राख्दै प्रमुख अथिती पाण्डेले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषाले केवल स्वदेशमा मात्र नभई विश्वभर नेपालीहरूको गौरव बढाएको बताए ।

स्व. उप्रेतीको काव्यकृति ‘पुत्र–शोक’सुदूरपश्चिमेली साहित्यको गौरवशाली सम्पत्ति भएको पनि उनले बताए ।‘पुत्र–शोक’ काव्य बझाङका राजा देवीजंग बहादुर सिंहका साहिँला छोरा राजकुमार कृष्णजंग बहादुर सिंहको निधन पछि राजकीय अनुरोधमा लेखिएको मार्मिक कृति भएको उनले बताए । यस काव्यमा संस्कृतका भर्तृहरि नीति शतक, चाणक्य नीति लगायतका धार्मिक दृष्टान्तहरूको प्रयोग गरेर वियोग शान्त पार्ने प्रयास गरिएको उनले बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अथीती समीक्षक प्राज्ञ बासुदेव पाण्डेयले “तत्कालिन समयमा सुदूरपश्चिममा लोकछन्दमा लेखन हुने गरेको बताउदै डमरूबल्लभ उप्रेतीले वार्णिक संस्कृत छन्दमा काव्य लेखेर गहिरो विद्वत्ता देखाएको बताए । स्वर्गीय साहित्यकार उप्रेतीका नाति गणेश उप्रेतीले कृतिको पुनःप्रकाशन गरेरे महत्वपूर्ण कार्य गरेको उनले बताए ।

कृति अध्ययनको आधार नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘छन्द कविकोष’ पुस्तक र त्यसका अनुसन्धानकर्ता चन्द्रप्रसाद न्यौपानेको कार्य भएको उनले जानकारी गराए । त्यसैगरी संस्कृतिविद यज्ञराज उपाध्याय, इतिहासकार लेखक उत्तमबहादुर सिंह तथा सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद सदस्य सह–प्राध्यापक हरिकृष्ण कडायत लगायतले भानु जयन्ती तथा कृतीका विषयमा आफना विचारहरु राखेका थिए ।

सुदूपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न् भानु जयन्ती समारोह तथा कृती विमोचन कार्यक्रमको सञ्चालन समाजका महासचिव गणेश नेपालीले गरेका थिए । समारोहमा साहित्यकार टीआर पाठकलाई ‘यज्ञ विष्णुदास पुरस्कार’ र पूर्णबहादुर मल्ललाई ‘प्रतिभा श्री सम्मान’ पुरस्कार प्रदान गरिएको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण