"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

No data was found

Khabar Raftar

असार १३ धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ ।

समूहले आफ्नो वार्षिक कार्यक्रम अनुसार जीविकोपार्जनमा सघाउ पु¥याइ रोजगार प्रवर्धन गर्ने उद्देश्यले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको हो । समूहका अध्यक्ष रामबहादुर कामीले वन ऐन, २०७६ को प्रावधान बमोजिम कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

ऐनले सामुदायिक वनको आम्दानीको निश्चित हिस्सा वन संरक्षण बाहेक विपन्नमुखी तथा सामूहिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थालाई टेकेर चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिइएको उनले बताए । गत वैशाख १३ गते सुरु भई जेठ २६ गते सम्पन्न भएको उक्त ४५ दिने तालिम मनकामना ड्राइभिङ सेन्टर मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उनले बताए ।

तालिममा सहभागीलाई कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको उनले बताए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिका प्रेरणादायी भएको बताए ।

उनले यस्ता सकारात्मक कामको प्रचार गरी अन्य समूहलाई पनि प्रोत्साहित गर्नुपर्ने बताए । कार्यक्रममा वडा नम्बरं ७ का अध्यक्ष आशाराम चौधरीले यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै आवश्यक सहयोगका लागि वडा र पालिकाबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर ।

तालिमको प्रभावकारिता देखिएको मनकामना ड्राइभिङ सेन्टरका व्यवस्थापक तथा प्रशिक्षक नैनबहादुर विष्टले बताए । दुई सय २५ घण्टाको तालिम अवधिमा सहभागीले जिप÷कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गरेका थिए ।

तालिम पछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिएकोमा १७ जना उतीर्ण भएका छन । तीमध्ये पाँच जनाले प्रयोगात्मक परीक्षा (ट्रायल) समेत पास गरी लाइसेन्स प्राप्त गरिसकेका छन् भने बाँकी पनि लाइसेन्स लिने प्रक्रियामा रहेका छन । सामुदायिक वनले ड्राइभिङका अतिरिक्त पलम्बिङ, सिलाइ कटाइ र ब्युटिसियन जस्ता अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिरहेको उनले जानकारी गराए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन