"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोजर लगाएर दलितको घर भत्काउने पालिका अध्यक्ष सहित २ जना पक्राउ

No data was found

Khabar Raftar

चैत्र ०९ सिरहा । सिराहाको औरही गाउँपालिका वडा नम्बर–५ मा महायज्ञका नाममा दलित समुदायका दीपक मलिकको घर डोजर चलाएर भत्काउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे समाचार सार्वजनिक भए पछि बिहीबार देखि सम्पर्कविहीन भएका अध्यक्ष यादव शुक्रबार दलबल सहित जिल्ला प्रशासन कार्यालय पुगेको अबश्थामा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अछूत भन्दै दलित परिवारको घर भत्काउन लगाउने आयोजक बजरंगी बाबालाई भने पक्राउ गरिएको छैन । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले पक्राउ गरिएका दुवै जनासँग प्रारम्भिक बयान लिइएको जानकारी गराउदै शनिबार पीडित परिवारसँग जाहेरी लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी गराए ।

चैत १७ गते देखि हुने भनिएको महायज्ञका लागि बनाउँदै गरिएको मण्डप नजिकै ५ वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत बनेको मलिकको घर डोजर लगाएर भत्काईएको थियो । ३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर आसपासमा दलितको बसोबास र आवत जावतले महायज्ञ अपवित्र हुने भन्दै आयोजक बजरंगी बाबाको आग्रहमा गाउँपालिका अध्यक्ष यादवले पूर्व वडाध्यक्ष यादव समेतको पहलमा फागुन १० गते डोजर लगाएर भत्काईएको थियो ।

घर मात्र भत्काउनुका साथै उनीहरुले अछूत हुने भन्दै घर भएको ठाउँको माटो समेत ताछेर फालेका थिए । घटनाबारे समाचार सार्वजनिक भए पछि चौतर्फी रूपमा दोषीमाथि कारबाहीको माग भइरहेको छ । संघको प्रतिनिधिसभा र मधेशको प्रदेशसभाका सांसदले घटना प्रति आपत्ति जनाउँदै बिहीबारको बैठकमा संसदीय छानबिन सहित दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

विभिन्न संघसंस्थाले पनि घटना प्रति भत्र्सना गर्दै दलितमाथि ज्यादती गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् । प्रहरी भने पीडित परिवारले उजुरी नदिएको बहाना बनाएर पन्छँदै आएको थियो । तर सरकार र प्रहरी–प्रशासनको सर्वत्र आलोचना भए पछि शुक्रबार मात्र उहाँहरूलाई नियन्त्रणमा लिइएको छ । पीडकले धम्की दिनुका साथै निगरानी समेत राखेका कारण दलित परिवार विश्थापीत भएको छ ।

आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष यादवले बिहीबार पीडित मलिकको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराएका छन । आफ्नो घर राजीखुसीले भत्काउन दिएको कागजमा उल्लेख छ । थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्की समेत दिएका छन ।

घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै दीपकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएका उनीहरु त्यसपछि ‘सम्पर्कविहीन’ भएका थिए । धम्की दिएर जबर्जस्ती कागज गराए लगत्तै दीपकको परिवारलाई महायज्ञस्थल छेउमै रहेको सरकारी भवनमा लगेर गाउँपालिकाका अध्यक्ष यादव, बजरंगी बाबा र पूर्व वडाध्यक्ष यादव लगायतले ‘आफूहरू राजीखुसी त्यहाँबाट सरेको’ भन्दै भिडियोमा बोल्न समेत लगाएका थिए ।

गाउँपालिका अध्यक्ष यादव सहित दुई जनालाई पक्राउ गरिएपछि पीडित परिवारले आफूहरूलाई घर बनाइदिएर पुरानै स्थानमा पुनःस्थापना गरिदिन माग गरेका छन् ।
‘हामी कमजोर मान्छे हौं, यो औंला काट्दा पनि डर, त्यो औंला काट्दा पनि डर, त्यसैले केही गर्न सकेनौं,’ दीपक मलिकले संचारकर्मीसंग भने ‘अब हामीलाई पुरानै स्थानमा फर्काइदिए हुन्थ्यो ।’

मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउ एकान्तमा टहरा बनाएर सारिएको छ । जहाँ न खानेपानीको सुविधा छ, न बिजुली बत्ती नै । दीपक र उनकी पत्नी अनिता मलिक गाउँपालिकामै सफाइ कर्मचारीका रूपमा मजदुरी गर्छीन । घटना सार्वजनिक भएयता काममा पनि जान सकेकी छैनन ।

घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै आलोचित बनेका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार गृह मन्त्रालयले फिर्ता बोलाएको छ । गृहले प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले औरहीमा दलित परिवारमाथि भएको ज्यादतीको घटनामा चासो देखाएको छ ।

आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनीले अनुगमन र अनुसन्धान थालिएको बताए । ‘घटनाको अनुगमन र अनुसन्धान गर्न टोली घटनास्थल पुगेको उनले जानकारी गराए । घटनाबारे जानकारी गराउन जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र औरही गाउँपालिकालाई पत्राचार गरि सकिएको छ ।

’त्यसैगरी राष्ट्रिय दलित आयोगले पनि घटनाका दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने भन्दै अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी गराएको छ । घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सिरहा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भनेको दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले बताएका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण