"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्वर्गीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन

No data was found

Khabar Raftar

फागुन १७ बैतडी । दश बर्षे जनयुद्धमा आफनी दिदि गुमाएका बैतडीको बैतडीको पञ्चेश्वरका धर्मराम ओडले स्वर्गीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरी पुख्र्यौली पेशा सुरु गरेका छन । पञ्चेश्वर गाउँपालिका वडा नम्बर–४,आमचोरा स्थित उज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले स्वर्गीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरी पुख्र्यौली पेशा सुरु गरेका हुन ।

पुख्र्यौली सिप काठका खोलदेली (कलात्मक झ्याल ढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आएका उनले दशबर्षे जनयुद्धमा आफ्नी १९ बर्षीया दिदी गुमाएकोे पीडालाई कम गर्न उनकै नामले फर्म दर्तागरी पेशा ब्याबसागय गर्दै घर परिवारको हातमुख जोर्ने काम गर्दै आएका छन । उनी १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिएकी थिईन ।

घटना स्मरण गर्दै उनले २०६१ सालमा आफु १४ बर्षको हुँदा घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउँन थालेपछि केही समय पढ्न नपाएको बताए । शान्ति प्रक्रिया पछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भएको बताउदै उनले घरको एक्लो छोरा भएकाले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न नसकेको बताए ।

चार वटा बहिनी मध्ये जेठी दिदी सहिद भएपछि अन्य तीन वटाको विवाह भएको बताउदै उनले राज्यबाट पाएको क्षतिपूर्तिले तीन वटा बहिनीको शिक्षा दिक्षा र आफ्नो पढाइमा सहयोग पुगेको बताए । तीन वटै बहिनीको विवाह पछि आमा बुवाको हेरचाह गर्ने सहारा नहुँदा कतै जाने मौका नपाए पछि बुवा÷ बाजेसँग भएको पुख्र्यौली सिप सिक्न सुरु गरेको उनले बताए ।

बाजे दानी वड काष्ठकलाका निकै सिपालु भएको सुनाउदै उनले बाजेबाटै बुवा कमल वडले पनि उक्त सिप सिकेको उनले बताए । बुवा कमल वड अहिले ६६ वर्षको भएको बताउदै उनले छोरीको सद्गत गर्न नपाएकोमा वृद्ध बुवा अहिले पनि भावुक हुने गेको बताए । छोरीका लागि केही गर्न नसके पनि छोरीका नाममा मूर्तिकला उद्योग सञ्चालन गर्न आफुलाई सुझाव दिएको उनले बताए ।

पुख्र्यौली सिप सिकेर दिदीको नाममा उद्योग खोल्न सफल भएको बताउदै धर्मरामले दर्जनौ मन्दिरका काठका कलात्मक द्वार निर्माण गरिसकेको बताए । भगवानका मूर्ति बनाइसकेका उनले सिमेन्टका मूर्ति र गेट निर्माणमा प्रयोग हुने उपकरण आफैले स्थानीय आरनमा तयार गरेका छन् ।

काठको काम गर्न आवश्यक पर्ने रन्दा, कटर, बासुलो र विद्युत्बाट चल्ने राउटर प्रयोग गर्दै काम गर्दै आएको बताउदै उनले आर्थिक समस्याले थप उपकरण किन्न नसकिएको बताए । पुख्र्यौली सिपको संरक्षण गर्दैै आएका उनले उद्योगलाई कतैबाट सहयोग नमिलेको गुनासो गरे । काष्ठकलामा मेहनत अनुसारको पारिश्रमिक नपाए पनि विदेश जानु भन्दा पुख्र्यौली पेशा गर्न उत्तम ठानेर यसैमा रमाएको उनले बताए ।

पुख्र्यौली पेशा अँगाल्दा गाउँ समाजमा राम्रो परिचय बनेको बताउदै उनले मेहनत अनुसारको ज्याला भने नभएको बताए । विदेशमा अरू काम गर्नु भन्दा गाउँमा बसेर यही पेशा गर्न ठिक भएको बताउदै उनले बिस्तारै सबैले चिन्न थालेको सुनाए ।

पञ्चेश्वर गाउँपालिका भन्दा बाहिर पनि मौलिक घरका खोलदेली र मन्दिर र मूर्ति निर्माणको काम पाईन थालेको उनले बताए । सरकारले सहयोग गरेमा पुख्र्यौली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको बताउदै उनले पुख्र्यौली सिपसँगै आधुनिक उपकरणका रूपमा स्काभेटरको नमुना समेत तयार गरेको बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण