"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा इभी चार्जिङ स्टेसन खुल्दै

No data was found

Khabar Raftar

फागुन १२ धागढी । विद्युतीय सवारी साधनको बिक्रीमा वृद्धि भएसँगै कैलालीमा इभी चार्जिङ स्टेसन खुल्न थालेका छन् । पूर्व पश्चिम राजमार्ग र भीमदत्त राजमार्गले छोएको अत्तरियामा पनि इभी सवारी साधनको सङ्ख्या बढेसँगै चार्जिङ स्टेसन खुल्न थालेका छन । अत्तरिया बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले इभी चार्जिङ स्टेसन जडान गरेको छ भने अन्य निजी क्षेत्रबाट चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

विद्युत् प्राधिकरणले बसपार्कमा केही दिन अघि ‘म्यान लेस’ फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । जसमा सबै काम अनलाइनबाट गरिने भएकाले मानिसको आवश्यकता नपर्ने बताईएको छ । देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत राजमार्गसँग जोडिएको अत्तरियामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

चार्जिङ स्टेसनमा १ सय ४० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ । जसमा समान ६० किलोवाटका २ ओटा डिसी चार्जर र २२ किलोवाटको १ एसी चार्जर राखिएको छ । विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसनमा राखिएको क्युआर कोड स्क्यान गरी मोबाइल एपबाटै रकम भुक्तानी गर्न सकिने बताइएको छ ।

स्टेसनमा चार्जिङ गरेको शुल्क भने समय अनुसार फरक फरक तोकिएको छ । बिहान र बेलुका १० रुपैयाँ ४४ पैसा प्रति युनिट, दिउँसो आठ रुपैयाँ प्रति युनिट राति ११ बजेपछि बिहान सम्म छ रुपैयाँ प्रति युनिट शुल्क तोकिएको छ । अत्तरियामा पछिल्लो समय विद्युतीय हाइसहरु बढी चल्ने गरेका छन् ।

अत्तरियाबाट पूर्वरोड, महेन्द्रनगर रोडमा चल्ने यस्ता सवारी साधनका लागि विद्युतीय चार्जिङ स्टेसनले सहजता प्रदान गरेको छ । नो लाइट अत्तरियाका प्रमुख सुनिल खड्काले विद्युतीय सवारी साधनको चापलाई मध्यनजर गरेर चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताए । उनले यसको सम्पूर्ण काम अनलाइनबाट हुने भएकाले मानिसको आवश्यकता नपर्ने बताए । उनले सिसिटिभी क्यामेराबाटै यसको निगरानी गरिने बताए । कुनै समस्या आएमा भने आफूहरूले मर्मतका लागि सहजीकरण गर्ने गरेको बताए ।

प्राधिकरणले बसपार्कसँगै जोडिएको दुर्गालक्ष्मी सामुदायिक वनमा क्षेत्रमा चार्जिङ स्टेसन राखेको छ । वनकी अध्यक्ष सिभा कडायतले बसपार्क सँगै जोडिएको खालि ठाउँमा चार्जिङ स्टेसन राख्न नगरपालिकासँगको समन्वयमा जग्गा उपलब्ध गराएको बताइन् ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसआइडी अन्तर्गतको ऊर्जा नेपाल कार्यक्रमको सहयोगमा अत्तरिया सहित देशभरका ६२ वटा स्थानमा इभी चार्जिङ स्टेसन निर्माण गरिएको छ । युएसआइडी ऊर्जा नेपालको तीन लाख ४६ हजार तीन सय १५ डलर सहयोगमा यात्री डिजाइन स्टुडियो र इस्टप लिमिटेडले चार्जिङ स्टेसन जडान गरेको हो ।

पछिल्लो समय अत्तरियाको पूर्व रोड, पहाड रोडमा निजी क्षेत्रबाट पनि इभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएका छन् । यस क्षेत्रमा होटल, तथा पेट्रोल पम्पले पनि विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय विद्युतीय सवारी साधन बिक्रेता कम्पनी र नेपाल विद्युत् प्राधिकरणले देशका प्रमुख सहर र राजमार्गमा चार्जिङ स्टेसन निर्माण गरेको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए