माघ २० कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेसका नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी गरिएको छ । कलौनीको आईतबार महाकाली नदी किनारमा अन्येष्टी गरिएको हो ।
कलौनीको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओडाएर गृहमन्त्री रमेश लेखकले अन्तिम श्रद्धाञ्जली दिएका छन । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आईतबार कांग्रेसको झण्डा ओढाएर लेखकले श्रद्धाञ्जली दिएका हुन ।
श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्ता सहित सर्वसाधारणको उपस्थिति रहेको थियो । शनिबार बिहान भीमदत्त नगरपालिका वडा नम्बर–१८ स्थित मामाभान्जा चोक नजिक सडक पेटीमा कलौनी मृत अवस्थामा भेटिएका थिए ।
घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको बताईएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी गराए । उनले फरेन्सिक जाँच रिपोर्ट आए पछि घटनाको अनुसन्धान गर्न सहज हुने उनले बताए ।