माघ ०४ धनगढी । कैलाली र कञ्चनपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट चार जना र कञ्चनपुरबाट २ जना गरी ६ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–९ खल्लाका ७७ वर्षीय डबल कठायतलाई ७९ ग्राम ५ सय मिलिग्राम चरेस सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेस सहित उनलाई घरबाटै पक्राउ गरेको हो ।
त्यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर–११ गड्डाचौकीबाट ७ ग्राम ६ सय ५० मिलिग्राम लागुऔषध सहित भीमदत्त नगरपालिका वडा नम्बर–१८ का २१ वर्षीय मोहन बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ शिशा पोष्ट नजिकबाट १ ग्राम ३ सय ८० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालीका वडा नम्बर–१३ का २० वर्षीय रमेश रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बोराडाँडीबाट २ सय ३० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का २९ वर्षीय गोबिन्दसिहं महरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ का २२ वर्षीय प्रकाश घरेडीलाई ३७ ट्याब्लेट नाईट्रापाम नामक लागूऔषध सहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर–५ मेडिकल कलेज नजिकबाट लागूऔषध सहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालीका वडा नम्बर–५ का ३३ वर्षीय ओकेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले नाकको दाहिने पट्टीको प्वाँलभित्र लुकाई राखेको १ ग्राम ३ सय ४० मिलीग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको छ ।