माघ ०२ धनगढी । कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । माघ २२ गते देखि फागुन ६ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।
किशोरीहरूलाई विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए ।
उनले खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने बताए ।
महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु पर्ने बताउदै उनले त्यसका लागि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताए ।
Post Views: 4