"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

Khabar Raftar

माघ ०१ धनगढी । प्रहरीमा जागिर लगाई दिने भन्दै सुदूरपश्चिममा प्रहरीले २ लाख रकम असुली गरेको विषय बाहिर आएको छ । प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले रकम असुली गरेको विषय बाहिर आएको हो । डडेल्धुराको जोगबुढाका भट्टले बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरेर प्रहरीमा जागिर लगाई दिने भन्दै २ लाख रुपैयाँ असुल गरेको विषय बाहीर आएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बझाङको छबिस–पाथीभेरा गाउँपालिका वडा नम्बर–७ का धामीले दीपायलबाट प्रहरी जवानमा जागिर खान २ लाख रुपैयाँ भट्टलाई बुझाएका हुन । केशवदत्त भट्टले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत हुँदा धामीबाट २ लाख रुपैयाँ विभिन्न मितिमा बुझेको पाइएको छ । २०८० चैत २७ गते ६४ हजार ८ गते ३५ हजार २ सय गरेर एक लाख धामीले भट्टको नाममा भारतबाट रकम पठाएका छन् ।

२०८१ वैशाख ९ गते २० हजार, प्रभुमनि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १ सय ६० गरेर एक लाख थप भट्टको नाममा धामीले पठाइएको पाइएको छ । भट्टको नाममा धामीले प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख रकम जम्मा गरेका हुन् । दीपायलबाट आवेदन भर्न लगाएका धामीले प्रहरीमा जागिर खान नसके पछि रकम फिर्ता मागेका थिए ।

भट्टले ३० हजार रुपैयाँ मात्रै फिर्ता गरेका छन् । भट्टले २०८१ भदौ २० गतेको मिति राखेर दिइएको एक लाख ७० हजारको चेक हाल सम्म साटिएको छैन । धामीले पटक–पटक सम्पर्क गर्दा पनि रकम फिर्ता नभएको गुनासो गरेका छन् । सबै पैसा भारतबाट हालेको उनले बताए । ३० हजार मात्र फिर्ता भएको बताउदै उनले एक लाख ७० हजारको चेक भए पनि बैँकमा पैसा नभएकाले चेक नसाटिएको बताए ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो