माघ ०१ धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको छ ।
धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजिटल बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’लेखिएको हो ।
ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेको बताईएको छ । गर्लफ्रेन्डलाई इम्प्रेस गर्न प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।
हाल प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।
प्रहरीले डिजिटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ । सामाजिक संजालमा भाइरल उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 7