पौष ११ बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेको कृषि उत्पादनको अवलोकन गरेका छन । बुधवार पार्टीका प्रवक्ता प्रकाण्डले जिल्लाको खजुरामा संञ्चालन गरिएको १२ विगाह जमिनको कृषि उत्पादनको अनुगमन गरेका हुन । नेकपाको केन्द्रीय उत्पादन विभागले खजुरामा करिव १२ विगाह जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको छ ।
नेकपाका केन्द्रीय सदस्य विराट सीको नेतृत्वमा उत्पादनको काम यसै वर्षबाट सुरु गरिएको हो । उत्पादनको जिम्मेवारी लिएका विराट सीले अहिले १२ विगाह जमिन पार्टीले लिजमा लिएको जानकारी गराए । नेकपाले गत असारको धानवाली करिव ६ विगाह जमिनमा रोपेको जानकारी गराउदै उनले करिव १ सय क्वीन्टल वढी धान उत्पादन गरेको जानकारी गराए ।
अहिले थप ६ विगाह जग्गा वढाएको उनले जानकारी गराए । नेकपाले बाँकेलाई कृषि क्षेत्रकै नमुना उत्पादन बनाउने लक्ष्य राखेको उनले जानकारी गराए । पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेमा आधूनिक मोडलमा कृषि उत्पादन गर्ने जिल्लाका रुपमा लिएको बताए । पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी क्रान्तिको सुरुवात उत्पादनवाट गर्न पार्टी उत्पादनको काममा लागेको उनले बताए ।
पार्टीका प्रवक्ता प्रकाण्डले खजुरा पुगेर आलुखेतीको अवलोकन गर्दै उत्पादनमा पार्टीको पुरा साथ रहने प्रतिवद्धता जनाएका छन । उत्पादनको अवलोकनसंगै प्रवक्ता प्रकाण्ड २ दिन कोहलपुरमा राजनीतिक भेटभाटमा व्यस्त भएर सुर्खेत फर्किएका छन ।
सुर्खेतमा राजनीतिक भेटघाटमा २ दिन समय विताउने र राजनीतिक भेटघाट पछि काठमााडौं फर्किने कार्यक्रम तय गरिएको नेकपाले जानकारी गराएको छ ।



